logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

स्वास्थ्य |


काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ११ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् । विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो। 
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?