logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश नं. २ मा ७९ जना नयाँ संक्रमित

प्रदेश |





प्रदेश २ व्युरो
जनकपुरधाम, कात्तिक ४ गते । प्रदेश नं.२ मा मंगलबार ७९ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् । आज ९ जना महिला र ७० जना पुरुष गरी ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का निमित निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार १७ पुगेकोे छ । त्यसैगरी प्रदेश नं.२ मा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार ८४८ छ ।

निर्देशक झाका अनुसार आज पर्सा र सप्तरीमा १८ ÷१८ जना, धनुषामा १३ जना, महोतरीमा चार जना, सिरहामा ११ जना, सर्लाहीमा चार जना, बारामा छ जना, रौतहटमा चार जना र अन्य एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उहाँले प्रदेश नं.२ मा कोरोना भाइरसका कारण आज एक जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा महोतरीको भंगहा नगरपालिका वार्ड नं. ५ का प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत एक जना ६० वर्षीया महिला छन् ।

प्रदेश नं. २ मा ३१ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएर घर फर्केको जानकारी गराउनुभयो । योसँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ७ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?