logo
२०८० चैत्र १६ शुक्रवार



विश्वमा आसन्न भोकमरी

विचार/दृष्टिकोण |




डा. रामहरि पौड्याल

प्रत्येक वर्ष संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ)ले १६ अक्टोबरलाई विश्व खाद्य दिवसका रूपमा मनाउँछ । यस वर्षको विश्व खाद्य दिवसको नारा ‘ग्रो नौरिस, सस्टेन टुगेदर’ (पोषणयुक्त उत्पादन गर्दै सँगै बाचौँ) भन्ने छ । यो दिवस मनाउन थालेको ७५ वर्ष भएको छ तर भोका पेटको सङ्ख्या विश्वव्यापी रूपमा घटेको छैन, बढिरहेको छ । आज पनि संसारमा धेरै मानिस भोकबाट बच्न सङ्घर्ष
गरिरहेका छन् ।
सन् २०५० सम्ममा विश्व जनसङ्ख्या १० अर्ब हुने अनुमान छ । त्यतिबेलासम्म धेरै मानिस विकासोन्मुख देशहरूमा बस्नेछन् । यसरी उर्लंदो जनसङ्ख्याको चापलाई खुवाउनुपर्ने ठूलो चुनौती आइपर्ने राष्ट्रहरूसामु छ । जसमा प्रत्येकले सन् २००० मा भन्दा औसतमा १२ प्रतिशत बढी खानेछन् । संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठनको अनुमानअनुसार मासु र कुखुराको खपत दुई गुणा बढी हुनेछ । यसको मतलब, यो शताब्दीको पहिलो आधामा खाद्य खपत ७० प्रतिशतले वृद्धि हुनेछ । यस्तो अवस्थामा कसरी खाद्य सुरक्षा सुनिश्चित गर्ने ? यो एक ठूलो वैश्विक चुनौती हो ।
संसारमा एकतर्फ, धेरै त्यस्ता मानिस छन्, जोसँग खाना फालाफाल छ र उनीहरूको घरमा ठूलो मात्रामा खाना फ्याँकिएको छ । अर्कोतर्फ, नेपालमै एकछाक खानेकुरा पनि नहुने मानिस प्रशस्त छन् । खाद्यान्नको यो विषम समस्यालाई ध्यानमा राखेर नै हरेक वर्ष आजको दिनलाई विश्व खाद्य दिवस भनेर मनाउने घोषणा
गरिएको हो ।
एफएओको स्थापनापछि संसारले गरिबी, भोक र कुपोषणविरुद्धको लडाइँमा ठूलो प्रगति गरेको छ । तथापि, कृषि उत्पादकत्व र खाद्य प्रणालीमा देखिएको अपेक्षाकृत कमीले गर्दा संसारका अझै धेरै व्यक्तिहरू खाद्य असुरक्षाको जालोमा बेरिएका छन् ।

कोभिड–१९ को प्रभाव
सन् २०३० सम्ममा सस्टेनेबल गोल (दिगो विकास लक्ष्य)को एक नम्बरमा संसारबाट गरिबी हटाउने र दुई नम्बरमा कोही पनि भोको नरहने प्रतिबद्धता छ । सस्टेनेबल गोलको लक्ष्यमा कोभिड–१९ ले पार्ने प्रभावसम्बन्धी शृङ्खलाको भागका रूपमा ‘आरईएलएक्स’को ग्लोबल हेड कर्पोरेट डा. मर्सिया बालिस्किआनोले जैविक विविधताको विश्व कोषका सम्पादक डा. साम स्कैनरसँग गरेको कुराअनुसार ‘पोषण र हाम्रो प्रतिरक्षा प्रणालीबीच स्पष्ट सम्बन्ध छ, जुन महामारीको प्रकाशमा अझ महŒवपूर्ण भएको छ । दुई अर्बभन्दा बढी व्यक्तिहरूको पर्याप्त सुरक्षित, पौष्टिक खानामा नियमित पहुँच छैन । कोभिड–१९ महामारीले यो चुनौतीलाई बढाएको छ । खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनमा महŒवपूर्ण लाभ उल्टाउने खतरा छ । निरन्तर असमानता र अयोग्यताहरूलाई सम्बोधन गर्ने समय अहिल्यै हो, जुन हाम्रो खाद्यान्न प्रणाली, अर्थव्यवस्था र सामाजिक संरचनाहरूलाई सम्बोधन गर्न जरुरी छ । यो महामारीपछाडि राम्रो निर्माणकार्य गर्ने समय छ । विश्व खाद्य दिवस २०२० ले सबै जनसङ्ख्या र खासगरी सबैभन्दा कमजोर जोसुकैलाई सङ्कटबाट उकास्न, खाद्य प्रणालीलाई अझ लचिलो र बलियो बनाउन मद्दत गर्न विश्वव्यापी एकताका लागि आह्वान गरिरहेको छ । जसले गर्दा उनीहरूले बढ्दो अस्थिरता र जलवायु समस्याहरूको सामना गर्न सस्तो र दिगो उपाय प्रदान गर्न सकून् । सबैका लागि आहार र खाद्य प्रणाली कामदारहरूका लागि सभ्य आजीविकाको व्यवस्था गर्न सकून् । यसका लागि अझ राम्रो सामाजिक संरक्षण, नवीनता, डिजिटलकरण र दिगो कृषि अभ्यासहरू आवश्यक हुन्छ । यसले पृथ्वीको प्राकृतिक स्रोतहरू, हाम्रो स्वास्थ्य र मौसम संरक्षण गर्छ । तर, हामी सबैको भूमिका निश्चय नै स्वस्थ छनोट गरेर पौष्टिक खानाको समग्र माग बढाउनेदेखि लिएर, दिगो बानीहरू बिगार्न नदिने र विश्वव्यापी एकता प्रयासमा सामेल हुन, यी अनिश्चित समयहरूको बाबजुद पनि हामीले खेल्ने भूमिका धेरै महŒवपूर्ण छ ।’ हो, हामीले आफ्नो आहार–विहार र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक छ । अब हामीले आफूले के खाइरहेको छु र यसले आफ्नो र यो पृथ्वीको स्वास्थ्यलाई के असर पु¥याउन सक्छ भनी विचार गर्नु आवश्यक छ । पार्टी (भोज)हरूमा मिल्क्याइने खानाको ठूलो मात्रालाई घटाउनुपर्नेछ । खाना फाल्नुअघि ‘फार्म टु फोर्क’ अर्थात् किसानको जमिनबाट खाना टिप्ने फोर्कसम्मको यात्रालाई, मिहिनेतलाई, त्यसमा लाग्ने ऊर्जालाई, त्यसले उत्पन्न गर्ने कार्बन
उत्सर्जनलाई सम्झनुपर्छ ।
विश्वमा एकातिर मानिस धेरै खाएर रोग निम्त्याइरहेका छन् भने अर्कातिर खान नपाएर भोकले कुपोषणमा परिरहेका छन् । मानिसबीचको यो असमानतालाई चिर्न हाम्रो आहार–विहारलाई मर्यादित गर्नुपर्ने बेला आएको छ । त्यसैले हाम्रा पूर्वीय शास्त्रहरूमा अन्नलाई सम्मान गर्न सिकाइएको छ । पूजा गर्न भनिएको छ– अन्न ब्रह्मा रसे विष्णु भूता देव महेश्वर ।
खाद्य असुरक्षा विकासोन्मुख मुलुकहरूको प्रमुख समस्या हो । तर पनि एक देशको खाद्य सङ्कट तथा असुरक्षाको अवस्थाले क्षेत्रीय खाद्य सुरक्षा र सन्तुलनमा प्रभाव पार्ने भएकाले यो समस्यालाई सामूहिक रूपमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय पहलद्वारा सम्बोधन गरिनु आवश्यक छ । यस सन्दर्भमा, खाद्य सुरक्षा स्थिति सुदृढ बनाउन संलग्न संयुक्त राष्ट्रसङ्घीय निकायहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्था एवम् विकास साझेदारहरू, क्षेत्रीय सङ्घ सङ्गठन र स्वदेशी सङ्घ संस्था, उत्पादक मिहिनेती कृषक वर्ग, कृषि उद्यमी तथा व्यवसायी, नागरिक समाजको संयुक्त योगदानका लागि सबैलाई पर्याप्त, सुरक्षित र पौष्टिक खाना उपलब्ध गराउने चुनौती एक वैश्विक मुद्दा हो ।
नेपालको अवस्था
नेपालको संविधान–२०७२ भाग ३ (३६)औँ बुँदाको खाद्यसम्बन्धी हकले खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । उल्लिखित मौलिक अधिकारलाई कार्यान्वयन गर्न ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन–२०७५’ जारी भइसकेको छ । ऐनले प्रत्येक नागरिकलाई खाद्य अधिकार तथा खाद्य सुरक्षाको हक हुने तथा प्रत्येक किसानलाई खाद्य सम्प्रभुताको अधिकार व्यवस्था गरेको छ । सन् २०१८ मा प्रकाशित विश्व खाद्य सङ्कट प्रतिवेदनले नेपालका करिब ३४ लाख मानिसका लागि खाद्य सहयोग आवश्यक रहेको र करिब ६४ लाख मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको छ । ५० प्रतिशतभन्दा बढी परिवारहरू नेपालमा खाद्यान्न असुरक्षितका रूपमा रिपोर्ट गरिएको छ र एकतिहाइ परिवारहरू हल्का वा गम्भीर रूपमा खाना असुरक्षित थिए, २०१७ को तथ्याङ्कअनुसार । कोभिड–१९ को विषम परिस्थितिले यो अनुपातलाई झन् धेरै बढाएको छ ।
नेपालको कृषि क्षेत्रसँग विभिन्न मुद्दाहरू छन् । जस्तै, भूक्षय र खनिजले माटोको पोषण हानि, सिँचाइका लागि पानीको अभाव, प्राकृतिक स्रोतको बढ्दो दोहन, जैविक विविधताको ह्रास, कृषिफलको अपर्याप्त आपूर्ति, बीउ, पशु आनुवंशिक सामग्री र सुधारिएको प्रविधिमा आधारित खेतीको अभाव । यसबाहेक, निर्वाहमुखी कृषि, श्रमशक्तिको अभाव, विदेश पलायन, सहरतर्फ बसाइँ सर्ने, कृषि र भूमि परित्यागको नतिजा । यी चुनौतीहरूको बाबजुद, खाद्य र पोषणसम्बन्धी समस्याहरू समाधान गर्न कृषिले ठूलो भूमिका खेल्छ ।
भर्खरै गैरआवासीय नेपालीहरूको आयोजनामा गरिएको विश्व ज्ञान सम्मेलन–२०२० ले नेपाल र विश्वव्यापी कृषि र यसका सम्बद्ध विशेषज्ञहरूलाई एकैठाउँमा ल्याएर उनीहरूको अनुभव साझा ग¥यो । खाद्य र पोषण असुरक्षा समस्याहरू कम गर्न सम्भावित नीति पहलहरूका बारेमा छलफल भयो । धेरै विज्ञहरूले नेपालमा नीतिहरू राम्रा भए पनि कार्यान्वयन पक्ष एकदम फितलो भएको चिन्ता व्यक्त गरे ।
ट्रिनिटी कलेज डब्लिनका युरोपेली कृषि नीतिका प्रोफेसर एलन म्याथ्युजले भने, ‘आफ्नै खाना उब्जाउनु भनेको खाद्य सुरक्षाको विधि होइन, तपाईं विविधता ल्याउन सक्षम हुनु आवश्यक छ, अन्तर्राष्ट्रिय व्यापार विविधता नै खाद्य सुरक्षा कायम राख्ने तरिका हो ।’
बढेको व्यापारले सम्भवतः हामी सबैलाई खुवाउन पर्याप्त छैन किनकि विश्वव्यापी जनसङ्ख्या बढ्दै जाँदा र विकासशील देशहरूमा मानिसले बढी खाए अर्कातिर खेतीयोग्य जमिन मासिँदै गए । मौसम परिवर्तन, पानीको अभाव, अधिक माछाको दोहन र प्रदूषण सबैले संसारको पोषण आपूर्ति तनावमा ल्याएको छ । उत्पादक, प्रशोधक, ढुवानीकर्ता र खुद्रा बिक्रेताको जटिल वैश्विक नेटवर्क असन्तुलनलाई सम्बोधन गर्न असफल भएको छ । जब महामारी फैलियो, यसले त्यस शृङ्खलामा धेरै कमजोरीहरू प्रदर्शन ग¥यो । खाद्य वितरणका चेन
(साङ्ला) खल्बलिए ।

अन्त्यमा,
विश्वमा यो महामारीबीच खाद्यान्नको महŒव धेरै रहेको तथ्यलाई मध्यनजर गरेरै यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई प्रदान गरिएको हो । दुःखको कुरा, कोभिड–१९ को कस्टले यतिखेर विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धकालीन समयको हाराहारीमा पुगेको छ । यो वैश्विक प्रभाव नेपालजस्ता साना र विकासोन्मुख देशका लागि त झन् ठूलो चुनौती बनेर खडा भएको छ ।
हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले कोही भोकले मर्नु नपर्ने बताइरहँदा देशको राजधानीमै एकजना भरियाले हातमा बोक्ने नाम्लो समाएरै सडकको पेटीमा देह त्यागेको (भलै यथार्थ कारण बेग्लै होला) हृदयविदारक खबरले अखबार रङ्गियो । कृषिप्रधान देशमा समाजवादउन्मुख सरकारका समाजवादी युवा कृषिमन्त्री भएकै बेला किसानहरूले मलका लागि रुनुपरेको दृश्य देखियो । उखु किसानहरूले चिनी मिलका मालिकहरूले उखु लिएर वर्षौंसम्म पैसा दिएनन् भनेर सिंहदरबारमा आएर रोएको देखियो । हाम्रा भनाइ र गराइका बीचको तादात्म्य कहिले मिल्ने होला हगि ? गाँस, वास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी राज्यले कहिले गर्ने होला ? हाम्रा नीति र कार्यक्रमहरू के साँच्चै खाद्य उत्पादक किसान, गरिब, विपन्नहरूप्रति लक्षित छन् त ?
सरकार बढ्दो खाद्य सङ्कट र आसन्न भोकमरी निमिट्यान्न पार्न सक्षम बनोस् । ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना साकार होस् ।
(लेखक बेलायतको स्वन्जी युनिभर्सिटीमा ऊर्जासम्बन्धी शोधार्थी हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?