logo
२०७७ कार्तिक ६ बिहीवार

नवरात्रि ः घर–घरमा दशैँ

विचार/दृष्टिकोण |




अच्युतप्रसाद पौडेल ‘चिन्तन’

चाडबाडले जीवनलाई जीवन्त बनाउँछ । सदाझैँ वर्षभरिको ठूलो चाड दशैँ नेपालीहरूका घर–आँगनमा आइपुगेको छ । कोरोना सङ्कटले सामाजिक, आर्थिक अवस्था दयनीय भएका बखत आइपुगेको दशैँ अर्थात् नवरात्रि देवी उपासना र हाम्रो जीवनसम्बन्धबारे सङ्क्षिप्त चर्चा यहाँ गरिन्छ ।
नवरात्रिको पहिलो दिन शैलपुत्रीको विशेष पूजा गरिएको दशैँ कोठामा दोस्रो दिन देवी ब्रह्मचारिणीको विशेष पूजाआजा हुने गर्छ । ब्रह्मचारिणीदेवीको अर्काे नाम महासरस्वती हो । महासरस्वती मानवजीवनको ज्ञान, विद्या, विज्ञान, सिर्जना, सङ्गीत, कला, दक्षता आदिको स्रोतस्वरूपा हुन् । ब्रह्माजीको सहधर्मिणी भएकीले ब्रह्मचारिणीको नामले सम्पूर्ण लोकमा स्थापित देवी मानवजीवनको उषाकालदेखि आर्जन हुने विवेककी खानी पनि हुन् । बालकले तोतेबालीबाट आरम्भ गरेको ज्ञान र सीप विद्यालयदेखि उच्च विश्वविद्यालयसम्म पुगी ज्ञान र विज्ञानको अभ्यास स्थलसम्म आइपुग्दा जीवनका हरेक क्षणहरूमा उनै देवी ब्रह्मचारिणीको संयोग आवश्यक हुन्छ । जीवनको उषाकालदेखि ज्ञान आर्जन गर्ने समयबीचको पूरै दशक हो । नवरात्रिको दोस्रो दिनले शिक्षा आर्जनको यो चरणलाई स्वीकार गर्छ ।
तेस्रो जीवन– सीप र ज्ञानको प्रयोग गर्ने समय हो । अघि प्राप्त गरेको ज्ञान र विज्ञानको अभ्यास स्थलसम्म पुगेर त्यसको प्रचार गरेर विवेकी र संयमी भई अर्थाेपार्जनदेखि जीवनयापनसम्मका र ऐश्वर्य सुख प्राप्तिपछि मोक्ष प्राप्तिसम्मका लागि आवश्यक तŒवहरू तयार गरी आफूले प्राप्त गरेका विषयवस्तुहरू घण्टाको आवाजझैँ सर्वत्र प्रसार–प्रचार र तिनको उपयोगिता समेतको सङ्केत दिने उनै देवीको नवरात्रिको तेस्रो दिन उपासनाको क्रममा चन्द्रघण्टाको नामले पूजा गरिन्छ । सिर्जना र जीवनका हरसमयका लागि आवश्यक कला र साधनाको प्रतीक चन्द्रघण्टा देवीको प्रार्थना पूजाले जीवनको तेस्रो दशकभरिको समय सङ्केत गर्छ ।
नवरात्रिको चौथो दिन जीवनको मध्यावधि समय चाराँै दशकको समय सञ्चालनको सङ्केत पनि हो । ४०÷५० को समयमा व्यावहारिक बोझ, घरपरिवारको चिन्ता, यथार्थ जीवनको पहिचान, अधिक जिम्मेवारी, बचतको क्षमता यस अर्थमा कुत्सित अण्डारूपी पेटले ज्यादा सताउने हुँदा कुष्माण्डा देवीको प्रार्थना गरिन्छ । जीवनयापनका गतिविधिहरू सहज र सरल एवम् भोग तृप्तिको समेत आकाङ्क्षासहित अनेकानेक मागहरू प्रस्तुत गर्दै देवीप्रति आराधना गर्न सुरु हुन्छ ।
पाँचौँ दिन उपासना गर्ने देवी हुन्– स्कन्दमाता । वीर स्कन्द कुमारकी आमा भएकी हुनाले उनलाई स्कन्दमाता भनिएको हो । जीवनको पाँच दशकमा सन्तान सन्तत्तिको कुरा आइनै हाल्छ । गृहस्थ जीवनको सङ्केत गर्नै जीवनको मध्यावधि समय ५० को दशकपछि अनेकाँैं ठक्कर, हण्डर खाई मानिस यथार्थ र व्यवहारपरक बन्न पुग्छ र कात्यायनी देवीको उपासना गर्न पुग्छ । नवरात्रिका षष्ठिका दिनदेखि नवरात्रि उत्तराद्र्ध लागेझैँ जीवनका ओरालीहरू सुरु भई छैटौँ दिन कात्यायनी महामाये भवानी भुवनेश्वरी संसारसागरे मग्नं दीनमां करुणानिधे भनी संसारबाट हार खाएको सङ्केत गर्दै देवी प्रार्थना गर्न थालिन्छ ।
जीवनका हरघडीमा आवश्यक पर्ने सरसामग्रीहरू प्रतीकात्मक रूपमा अर्पण गर्दै मानवले दोस्रो दिनकी ब्रह्मचारिणी देवीलाई वस्त्र, धागो, काँगियो चढाई जीवन सफल बनाउने प्रेरणाको प्रार्थना गर्छ भने आफ्नो रङ्गीन जीवनलाई संसारभर भरपूर फैलाउने सङ्केत आकर्षक चिह्न सिन्दुर, गाजल, ऐना आदि आभूषण चढाइन्छ । रूप र सौन्दर्यको खोजी जीवनको २०÷४० वर्षताका बढी हुन्छ नै ।
चौथो दिनकी देवीलाई व्यक्तिले विशेष मह, सख्खर, चिनी, दही, अर्पण गर्छ । यसको सङ्केत अघि–पछि जे भए पनि बाल्यावस्थादेखि किशोर र यौवन अवस्थामा जे–जति उतारचढाव भए पनि अब जीवनमा बिस्तारै मधुर रस, कर्णप्रिय बोली, सबैको ग्राह्य, मान्य, पुज्य, नरम, समाजको अगाडि सामाजिक बन्ने प्रेरणा प्राप्त होस् भनी यी माधुर्य रस देवीलाई अर्पण गर्छ । दही अर्पण वा वितरण शरीरको वीर्यशक्ति तेजिलो र बलियो हुने सङ्केत हो । यसरी मानवजीवनका हरपलसँग सम्बन्धित विषय वस्तुहरू देवदेवीलाई अर्पण गर्दै आफ्नो जीवन सरस र सरल होस् भनी प्रार्थना पुकार गरिन्छ ।
पाँचौँ दिनकी देवी अर्थात् स्कन्दमातालाई सारी, ओढ्ने आदि अर्पण गरिन्छ । छैटौँ दिनकी देवी कात्यायनीलाई आभूषण, गहनाहरू अर्पण गरिन्छ भने सातौँ दिनकी देवी कालरात्रिलाई पुष्पहार, पुष्पमाला र छाता अर्पण गरिन्छ अर्थात् ७० को आसपासमा पुगेको व्यक्ति मृत्यु नजिक आएको देखी दैवी सहाराका लागि आकाशरूपी छहारी चाहेर संरक्षणको प्रतीक देवीप्रति गुहार मागी शरणागतिको भाव अर्पण गर्छ । ७० को दशकको सङ्केत गर्ने जीवनले रङ्गीन फरक–फरक स्वरूपका फूलहरूलाई एउटै सूत्रमा बाँधी अघिल्ला विचार धारणा, परिश्रम अनगिन्ती थकाहटका कार्यको सूत्रात्मक भक्तिको रसायनबाट जीवलाई शक्तिसम्म पु¥याउन सहयोग होस् भनी मालाहरू अर्पण गर्दै विशेष आराधना गर्न पुग्छ । अब व्यक्तिलाई सहज स्पष्ट हुन्छ कि कालको वशबाट उम्किने सम्भावना छैन । कालजयी देवीको उपासना गर्दै प्रकृतिसँग रम्ने विचारले प्रकृतिका नौ मुख्य तŒव नवइन्द्रियको सङ्केत नवपत्रिका फूलपाती भिœयाउने कार्यमा सरिक बन्न
पुग्छ ऊ !
दशैँको उत्कर्षण सुरु हुन्छ फूलपातीबाटै । यस दिन अपराह्न दशैँघरमा फूलपाती भिœयाई सर्वत्र मङ्गल सूचकको कामना गरिन्छ । फूलपाती अर्थात् नवपत्रिकामा– केरा, दाडिम, धानको बोट, हलेदोको बोट, बेल, जयन्ती, अशोक, मानेको बोट र कचु पर्छन् । यी नौथरी सामान जम्मा गरी केराको पातमाथि चामलको बोहोतामा अलग–अलग राखी रातो दही–अछेताले पूजा गरिन्छ । यसअघि नै शुद्ध जलले सफा पारिएका अलग–अलग नौवटै पत्रिकाहरूलाई विशेष मन्त्रले पूजा गरी, अपुग भएका सामग्रीमा फल, सुपारी राख्दै अर्पण गरी आरतीसहित स्वस्तिवाचन गर्दै जमरा कोठामा लगेर घटस्थापनामा राखिएको जमरामा थप विशेष हतियार, छुरी, हँसिया, कर्द आदि स्थापना गरिन्छ ।
फूलपातीको दिनभन्दा एक दिनअघि नै बेलको रूखमा गई देवी र बेललाई पूजा गरी सर्वकल्याणकारी देवी र बेलवृक्षलाई विशेष प्रार्थना गर्दै नवपत्रिकामा साथ दिन मेरा दशैँ कोठामा आऊ भनी निमन्त्रणा गरिन्छ । सप्तमीको दिन बेलको रूखमुनि गई रूखका हाँगा छेदन गर्ने मन्त्रसहित दुई फलसहितको हाँगो ल्याउनुपर्छ ।
काठमाडौँमा फूलपातीको रङ्गीन उत्सव टुँडिखेलमा हेर्नलायक हुन्छ । सरकारी, जङ्गी र प्रहरीसहितको उपस्थितिमा बडो धुमधामले हर्षबढाइँ गर्दै फूलपाती भिœयाउने कार्य काठमाडौँकै हनुमानढोकास्थित दशैँघरमा गरिन्छ । बाजा गाजासहित बन्दुक पड्काउँदै टुँडिखेल नजिक जमलमा गएर फूलपाती ल्याई दशैँघर हनुमानढोकामा भिœयाउने गरिन्छ । फूलपाती लिनका लागि यसअघि नै धादिङको धुनिबेँसी पठाइएका मानिसद्वारा बेलको रूखलाई पूजा गरी बलि दिएर बेलपत्र टिपी ल्याएर फूलपातीका दिन रानीपोखरीनजिक राख्न लगाइन्छ । विशेष धुमधामका साथ राष्ट्रियस्तरमा फूलपाती भिœयाउने कार्य प्रायः अपराह्न ४ बजेतिर हुने र सोही समय पारी घर–घरमा अरूले पनि दशैँ कोठामा फूलपाती भिœयाउने कार्य सम्पन्न गर्ने गर्छन् । टुँडिखेलवरिपरि दर्शकहरूको विशेष भीड देखिन्छ भने यसै दिनदेखि नै देवीपीठहरूमा विशेष बलि दिने कार्य आरम्भ भई दशैँको अष्टमी नवमीसम्म पुग्दा चरमोत्कर्षमा
पुगेको पाइन्छ ।
दशैँमा विशेष गरी कन्यालाई देवीका रूपमा पूजा गर्ने गरिन्छ । पूर्वीय चिन्तनमा कुमारी÷कन्यालाई देवी दुर्गाका रूपमा पूजा गर्ने चलन आदिमकालदेखि नै रहेको छ । हिमालयपुत्रीका रूपमा जन्मिएकी उमा स्वयम् धर्तीरूपा मातृशक्ति हुन् । नवरात्रिमा कन्याको पूजा अधिक महŒवको रहेको छ भने अष्टमी र नवमीका दिनमा सर्वाधिक महŒव रहेको छ । कुमारीका प्रमुख नौ स्वरूप– कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, साम्भवी, दुर्गा र सुभद्रा हुन् । स्वरूप फरक भए पनि कार्य एकै देखिने कन्या बालसुलभा हुन् । राजर्षि जनकको संरक्षणमा हुर्केकी कन्या जानकी सीता, रासेश्वरी श्रीकृष्णकी बालसखा श्रीराधारानी वृन्दावनका गोपकन्या, देवहुतीपुत्रीका रूपमा धर्ती अवतरित नवधाभक्ति स्वरुपिणी नवदुर्गा स्वयम् देवीका अनेकौँ विभूति रूपहरू हुन् । कुमारी पूजामा आदिभौतिक दृृष्टिले २–१० वर्षभित्रकी रजस्वला नभएकी उत्तम कन्यालाई
पूजायोग्य मानिएको छ ।
(लेखक धर्म–संस्कृति अध्येता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?