logo
२०८० चैत्र १५ बिहीवार



डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी

अर्थ |
अन्तर्राष्ट्रिय |




जेनेभा, असोज २ गते।
विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेद्वारहरुमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली) छनोट गरिएको कूटनीतिक स्रोतले शुक्रबार एएफपीलाई बताएको छ ।
अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइदैन । रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए तापनि उहाँले गत महिना पदबाट राजिनामा दिनुभएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ ।
केन्याकी महिला उम्मेदवार अमीना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ–हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल–तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् । पछिल्ला केही दिनमा डब्ल्यूटीओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा सङ्कुचित पारिएको हो ।

उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी (मेक्सिको), टुडोर युलियानोभस्की (मोलदोभा), अब्देल हमिद माम्दो (इजिप्ट)रहनुभएको छ । डब्लुटीओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?