logo
२०८१ बैशाख ७ शुक्रवार



अष्ट्रेलियामा बेरोजगार सङ्ख्या थप बढ्यो

अन्तर्राष्ट्रिय |




क्यानबेरा, साउन २९ गते ।
अष्ट्रेलियामा बेरोजगारको सङ्ख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् ।
जुन र जुलाईको यो तथ्याङ्कसहित यहाँ बेरोजगारको सङ्ख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्याङ्क विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिनुभएको हो । उहाँले बिहीबार दिनु भएको जानकारीअनुसार अष्ट्रेलियामा कोभिड १९ को सङ्क्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरूको सङ्ख्या बढ्दैगएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ ।
अष्ट्रेलियामा पहिलो पटक यति धेरै सङ्ख्यामा बेरोजगारहरूको सङ्ख्या देखिएको हो । विश्व स्वास्थ्य सङ्गठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो ।
विश्वमा दुई करोडभन्दा बढी नागरिक यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक सङ्क्रमित भएका छन् । त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?