logo
२०८१ बैशाख ८ शनिवार



भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभरि दुई करोड नाघे

अन्तर्राष्ट्रिय |




नयाँदिल्ली, साउन २९ गते । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ४७ हजार ३३ पुगेको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरूले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
अधिकारीहरूका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यसैबीच कोरोना भाइरसका कारण विश्वभरि सङ्क्रमित भएकाहरूको सङ्ख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरि दुई करोड एक लाख ६२ हजार ४७४ जना सङ्क्रमित भएका हुन् ।
कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ । योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।
डब्लुएचओले गत मार्च ११ देखि विश्वभरि कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?