logo
२०८० चैत्र १६ शुक्रवार



न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |




वेलिङ्टन, साउन २८ गते । कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले चार जना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरू समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन् ।
अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डेर्नलाई उद्धृत गर्दै समाचार लेखेको छ । समाचारमा प्रधानमन्त्री जासिन्डाले कोरोनाको सङ्क्रमण फैलिन नदिनका लाग मुलुकमा फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्न लाग्नुभएको उल्लेख छ ।
उहाँले सबैलाई घरमै बस्न र मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत आधारभूत सतर्कताहरू अपनाउन आग्रह गर्नुभएको छ । अहिले सङ्क्रमित भएकामध्ये पहिलो सङ्क्रमित झण्डै ५० वर्षका रहेका र उनको अन्तर्राष्ट्रिय यात्राको विवरण नरहेको अधिकारीहरूले जनाएका छन् । त्यसपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा तीनै जनामा सङ्क्रमण देखिएको थियो ।
प्रधानमन्त्री जासिन्डाले कोरोनाविरुद्ध सबै जना फेरि एकपटक एकजुट भएर लड्ने र परास्त गरिछाड्ने बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?