logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाको जोखिम बढेपछि रौतहटमा शनिबारदेखि निषेधाज्ञा

फिचर |
पढ्नै पर्ने |




सञ्जय कुमार मिश्र

गौर, साउन २२ गते । समुदायमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ गतेदेखि ३२ गते सम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस जिल्लाको विभिन्न नगरपालिकाको समुदायमा देखा पर्न थालेको तथा बजार क्षेत्रमा भिडभाड बढ्न थालेको हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा सङ्क्रमण रोकथामका लागि रौतहट जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरिएको हो ।

अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निष्कन पूर्ण रुपले प्रतिबन्ध, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी, फोहारेमैला, व्यवस्थापन, ग्यास ढुवानी, औषधी ,खाद्यान्न सामग्रीलगायत आपुर्तिबाहेक अन्य सेवाहरू निषेध गरिएको जिल्ला प्रसाशन कार्यालय, रौतहटका नायब सुब्बा रामनरेश साहले बताउनुभयो ।

समुदायमा कोभिड-१९ को सङ्क्रमण देखा परेपछि सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ तथा सङ्क्रामक राेग ऐन २०२० को दफा २ बमोजिम साउन २४ गतेदेखि ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?