logo
२०८१ बैशाख १२ बुधवार



बीमाको आर्थिक, सामाजिक प्रभाव

विचार/दृष्टिकोण |




डा. यादवमणि उपाध्याय

 

विकासको दृष्टिकोणले नेपालमा बीमा बजारको क्षेत्र प्रारम्भिक चरणमा छ । नेपालको अर्थतन्त्रमा बैङ्कपछिको दोस्रो ठूलो वित्तीय निकायका रूपमा रहेको बीमा क्षेत्रलाई थप विकासका लागि सधैँ प्राथमिकतामा राख्नुपर्छ ।

जोखिम र बीमा
दैनिक जीवनमा व्यक्ति, व्यवसाय वा समाजले विभिन्न जोखिमहरूको सामना गर्नुपरेको हुन्छ । भूकम्प, आगलागी, बालीनाली नष्ट वा आकस्मिक रोग, दुर्घटना आदिले आर्थिक जोखिम, आर्थिक सङ्कट वा आर्थिक अनिश्चितता पैदा गर्न सक्छ । यस्ता प्रकारका अप्रत्याशित जोखिमका घटनाहरूले व्यक्ति, समाज र देशलाई प्रत्यक्ष र अप्रत्यक्ष घाटा गराइराखेको हुन्छ ।
यद्यपि, हामिले जोखिम व्यवस्थापन गर्न सक्छौँ । राज्यको नीतिले समाजमा देखिने जोखिमको स्तरलाई कम गर्न सक्छ । हानिकारक उत्पादन प्रक्रियाहरूमा प्रतिबन्ध लगाएर, उपयुक्त ट्राफिक प्रणाली र अन्य विभिन्न अभियान सञ्चालन गरेर दुर्घटना तथा अन्य जोखिमसँग सम्बन्धित नोक्सान रोक्न र कम गर्न सकिन्छ । यसरी जोखिमको ‘फ्रिक्वेन्सी’ घटाएर समाजको आर्थिक कल्याणमा सुधार ल्याउन सकिन्छ ।
व्यक्तिगत र सरकारी प्रयासहरूमार्फत, जोखिमहरू उल्लेखनीय रूपमा कम गर्न सकिन्छ, यद्यपि तिनीहरूको पूर्ण उन्मूलन भने असम्भव प्रायः छ । त्यसैले बीमा, जोखिमले सिर्जना गरिएका समस्या समाधान गर्ने उत्तम तरिका हो । व्यक्तिहरूले बीमा नीति खरिद गरेर आफूमा आउन सक्ने जोखिमलाई आफ्नो परिवार वा संस्थाबाट बीमा गराउने संस्थामा हस्तान्तरण गर्न सक्छन् । यो प्रक्रियाले सामान्य जोखिमलाई लगानीमा परिणत गर्ने र लगानी निर्णयहरूले विकास र आर्थिक वृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्छन् ।

आर्थिक र सामाजिक महŒव
बीमा संयन्त्र एक परिभाषित क्षेत्र हो र यो विश्वव्यापी छ । जुन मानिसले जोखिमहरू स्वीकार गर्छन् र आफूलाई आर्थिक रूपमा बचाउन चाहन्छन्, तिनीहरू बीमा क्षेत्रबाट महŒवपूर्ण लाभ प्राप्त गर्न सक्छन् । जस्तै जीवन, स्वास्थ्य र सम्पत्ति बीमाले जीवनको गुणस्तर सुधार गर्न मद्दत गर्छ । साथै बीमा क्षेत्रले आवश्यक सामाजिक सुरक्षा प्रणाली सिर्जना गर्छ, पीडित परिवारहरूको रक्षा गर्न सक्छ र विभिन्न सावधानीका उपायहरू अपनाउन वा घाटा नियन्त्रण गर्न सक्छ ।
बीमाले उद्यमशीलता, उत्पादन र व्यापारको विकासलाई प्रोत्साहित गर्छ र तिनीहरूलाई स्थिरता प्रदान गर्छ । व्यवसायीहरूले उपयुक्त बीमा कभरेज प्राप्त गर्न सकेमा लगानीलाई अझ बढी विस्तार गर्दै लैजान सक्छ । बीमाले, उत्पादन प्रबन्धकहरूलाई उत्पादन उपकरणमा हुने क्षतिको जोखिम लिन थप उत्साहित गर्छ, जसले यस क्षेत्रमा लगानी बढाउँछ । यसैगरी, बीमाले आर्थिक एजेन्टहरूमा विश्वास बढाउन मद्दत गर्छ । सामान, भुक्तानी र यातायातको बीमाले व्यावसायिक गतिविधिहरू र व्यापारको सुविधा प्रदान गर्छ । अर्कोतर्फ, उपभोक्ताहरूलाई महँगो सामानहरू जस्तै कार वा घर–जग्गा किन्न प्रोत्साहित गर्छ । यसैले, बीमाले उपभोग, उद्यमशीलता र अन्य नयाँपनलाई प्रोत्साहित गरेर व्यापारिक गतिविधिहरूलाई सहयोग पु¥याउँछ । यसले वित्तीय कठिनाइ हुने थप लागतहरूलाई कम गर्न सक्छ । बीमाले महŒवपूर्ण पुँजी घाटा रोक्न मद्दत गर्छ र सम्पूर्ण व्यापार र अर्थ व्यवस्थामा स्थिरता प्रदान गर्छ ।
बीमाले सरकारी खर्चमा उल्लेखनीय कमी ल्याउन सक्छ । जस्तै राज्य नियन्त्रित बीमा कार्यक्रमहरू प्रतिस्थापन गरेर सामाजिक सहायता प्रणालीमा पर्ने भार कम गर्न सक्छ । सरकारी वित्तीय हस्तक्षेपको आवश्यकतालाई घटाएर प्राकृतिक आर्थिक प्रकोपको नकारात्मक आर्थिक असरलाई कम गर्न सक्छ (जस्तै बाली नष्ट) ।
बीमा बजारले वित्तीय क्षेत्रको विकास र कुशल सञ्चालनमा महŒवपूर्ण भूमिका खेल्छ । बीमा कम्पनीहरू वित्तीय मध्यस्थ संस्थाहरू हुन् । यिनीहरूले हजारौँ बीमा प्रिमियम दाताहरूबाट महŒवपूर्ण रकम जम्मा गरेर सरकारी बोन्ड, धितो र सेयरबजारमा लगानी गर्न मद्दत गर्छन् । विश्वव्यापी रूपमा पूर्वाधार परियोजनाहरूमा ठूलो लगानीको आवश्यक पर्छ, त्यसलाई बीमा क्षेत्रको दीर्घकालीन स्रोतले सहयोग गर्छ भने अल्पकालीन स्रोत र साधनबाट पनि सामान्य लगानीहरूलाई प्रोत्साहित गर्न सक्छ ।

नेपालको बीमा बजार
नेपालमा सर्वप्रथम नेपाल बैङ्क लिमिटेडको सक्रियतामा विक्रम संवत् २००४ मा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’को स्थापना भएको थियो । सरकारी स्तरबाट विसं २०२५ मा स्थापित राष्ट्रिय बीमा संस्थान र विसं २०७१ जेठ २८ गते स्थापना भएको राष्ट्रिय बीमा कम्पनी सबैभन्दा पुराना बीमा सेवा प्रदायक संस्था हुन् ।
विसं २००४ मा सुरु भएको नेपाली बीमा उद्योग आव २०७५–७६ सम्म आइपुग्दा सरकारी र निजी गरी १९ वटा जीवन, २० वटा निर्जीवन र एक पुनर्बीमा गरी जम्मा ४० वटा बीमा कम्पनीको स्थापना भइसकेको छ । नेपालको कुल जनसङ्ख्यामध्ये जम्मा ७० लाखमा बीमा क्षेत्रको पहुँच रहेको देखिन्छ ।
अन्तर्राष्ट्रिय बीमा मापदण्डअनुसार, नेपालको बीमा क्षेत्र अझै सानो छ । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा बीमा शुल्कको अनुपात न्युन रूपमा मात्र बढेको देखिन्छ । जसअनुसार २०७०–७१ देखि २०७४–७५ सम्ममा क्रमशः १.५७ प्रतिशत, १.७१ प्रतिशत, १.८९ प्रतिशत, २.०८ प्रतिशत र २.४३ प्रतिशतमात्र छ । तर, यो वृद्धि अन्य मुलुकको तुलनामा सानो रहेको छ ।
जीवन बीमा कम्पनीहरूको वार्षिक जारी लेख सङ्ख्या विसं २०७४÷७५ को अन्तसम्म आइपुग्दा २७ लाख ९२ हजार १८३ पुगेको देखिन्छ । आव २०७५÷७६ को पहिलो छ महिनाको तत्थाङ्क हेर्दा पनि ५१ लाख ५२ हजार ५८७ पुगिसकेको छ । जुन अघिल्लो वर्षको तुलनामा नौ प्रतिशतले भन्दा धेरैले वृद्धि हो भने निर्जीवन बीमा कम्पनीहरूको वार्षिक जारी लेख सङ्ख्या विसं २०७४÷७५ को अन्तसम्म आइपुग्दा १९ लाख ५८ हजार ९५५ पुगेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलनामा १२.३५ प्रतिशतले वृद्धि हो । आव २०७५÷७६ को पहिलो ६ महिनाको तथ्याङ्क हेर्दा १० लाख ४५ हजार ६३८ पुगिसकेको छ ।
बीमा क्षेत्रबाट सरकारले राम्रो कर आम्दानी प्राप्त गरिरहेको छ ।
बीमा नीतिहरू मुख्यतया नेपालमा सञ्चालित विदेशी लगानीकर्ता र ठूला अन्तर्राष्ट्रिय निगमहरूले खरिद गर्छन् । हाम्रो बीमा बजार लगभग अविकसित छ किनकि बीमा नीतिहरूको बजार थोरै लगानीमा छन् र मानिसलाई अझै पनि बीमाको अवधारणा र फाइदाहरूका बारेमा थोरै मात्र थाहा छ । बीमा बजारको नियामक र संस्थागत प्रणालीमा उल्लेखनीय सुधार आवश्यक छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड
२०२४ साल पुस १ गते स्थापित राष्ट्रिय बीमा संस्थान (प्रालि) अन्तर्गत रही सोही वर्षको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार सुरु भए पनि नेपाल सरकारको निर्णयबमोजिम सरकारी निर्जीवन बीमकको इजाजत प्राप्त गरी २०७१ साउन १८ गतेदेखि राष्ट्रिय बीमा कम्पनीको स्थापना भएको हो । यो कम्पनीले ५३ वर्षदेखि आफ्नो सेवा दिँदै आएको छ । यस कम्पनीको पुँजी संरचना नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत, नेपाल बैङ्क लिमिटेडको ९.६० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत छ । २०७४ वैशाख २२ गते सम्पन्न साबिक राष्ट्रिय बीमा संस्थान निर्जीवनको २९औँ साधारणसभापश्चात् कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार ०५९.३२ रहेको छ । कम्पनीले आफ्नो आम्दानीका लागि विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ । जसमा विभिन्न वाणिज्य बैङ्कहरू, विकास बैङ्कहरू र वित्त कम्पनीहरू छन् । साथै सेयर लगानी, डिबेन्चर तथा ऋण पत्रहरूमा लगानी, सामूहिक लगानी कोषमा लगानी आदि छन् । सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोग गरी व्यावसायिक दक्षताका साथ बजार हिस्सामा कम्पनीले आफ्नो क्षेत्र विस्तार गर्नुपर्नेछ । विगतका वर्षदेखि नै बाँकी रहेको लेखा परीक्षण कार्य र आफ्नो नाममा जग्गा ल्याउनुपर्ने कम्पनीको मुख्य कार्य रहेको छ र यी कार्यहरू तुरुन्तै हुने देखिएको छ ।

थप विकासका लागि सुझाव
नेपाली समाजमा देखिने जोखिमलाई हामीले बीमा गरेकै छैनौँ । बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधार गर्न आवश्यक पर्ने धेरै कदम पहल भइसकेका छैनन् । सम्भावित उपभोक्ताको ठूलो बजार (नेपालको कुल जनसङ्ख्या) र आर्थिक अवस्थामा भइरहेको वृद्धिले बीमा बजारको विकासका लागि महŒवपूर्ण अवसर सिर्जना गर्छ । बीमा बजारको विकास राज्यको आर्थिक र सामाजिक नीतिको प्राथमिकतामा पर्नुपर्छ । एकसक्षम र कुशल बीमा बजार बन्न धेरै समय लाग्छ । यसमा नियामक मापदण्डहरू अपनाउन आवश्यक हुन्छ । सरकारले वास्तविक लक्ष्य निर्धारित गर्नुपर्छ र मुख्य रूपमा धेरै महŒवपूर्ण उपायमा ध्यान केन्द्रित गर्नुपर्छ । निम्नप्राथमिकताहरू पहिचान गरी अगाडि बढ्नु पर्ने देखिन्छ ः (१) बीमा ऐनको आवश्यकता र थप अन्तर्राष्ट्रिय मापदण्डको नजिक ल्याउने प्रयास, (२) बीमा पर्यवेक्षण, (३) निःशुल्क बीमाको अवधारणालाई पुनर्विचारको आवश्यकता, (४) आवश्यकताअनुरूप बीमा शुल्कहरूमा कर छुटको व्यवस्था, (५) सरककारी सम्पत्तिको अनिवार्य बीमा, (६) कृषि तथा पशु बीमा र स्वास्थ्य बीमाको उचित प्रबन्ध, (७) बीमा सूचना केन्द्रको स्थापना ।
बीमालाई दिगो आर्थिक वृद्धिका लागि एक आवश्यक सर्तका रूपमा हेर्नुपर्छ । बीमा समितिसँग यसको कार्य प्रभावकारी रूपमा जोडिनुपर्छ । बीमा क्षेत्रको विकासको चरणमा सुपरीवेक्षण, नियमन, ठगी र आपराधिक क्रियाकलापको अवस्था रहेको हुन्छ, यो नै चिन्ताको विषय हो । एक वा दुई ठगीका केसहरूले सम्पूर्ण क्षेत्रको प्रतिष्ठालाई बिगार्छ र यसले आउने वर्षहरूका लागि विकासमा बाधा पु¥याउँछ । दोस्रो, उपभोक्ता सुरक्षा अपर्याप्त छ किनकि उपभोक्ताहरू आफ्नो अधिकार प्रयोग गर्न असमर्थ हुन्छन् किनकि अदालती प्रक्रिया झन्झटिलो छ । तेस्रो पक्ष बीमा नीति छैन । यसले धेरै सडक दुर्घटनामा परेका मानिसलाई समेट्न सकिँदैन ।
(लेखक राष्ट्रिय बीमा कम्पनीका स्वतन्त्र सञ्चालक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?