logo
२०८१ बैशाख ४ मंगलवार



पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाइ

अन्तर्राष्ट्रिय |




काबुल, साउन १७ गते ।
पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइतेमध्ये कैयौँको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो ।

भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाई लक्ष्य गरेर भारी मात्रामा रकेटकहरूले हमला गरेको अफगान सेनाको भनाइ रहेको छ । हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ ।
जिल्लामा सर्वासाधारण नागरिकहरू बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरू प्रहार भएका थिए ।
त्यसैले यस हमलाबाट बाटो हिँडेका सर्वसाधारण नागरिक नै सिकार भएका छन् । जसका कारण जिल्लामा शुक्रबार राति पनि त्रास फैलिएको अफगानिस्तानको उक्त प्रान्तका सुरक्षा अधिकारीहरूले स्थानीय मिडियालाई जानकारी दिएका छन् । यी दुई देशको सीमा क्षेत्रमा के कति क्षति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन । अफगानिस्तानका सुरक्षाकर्मी र पाकिस्तानका सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा पनि एक अर्कालाई हमला गर्ने गरी तयारी अवस्थामा बसिरहेका पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?