logo
२०७७ श्रावण २५ आईतवार

अफगान सुरक्षाफौजको कारबाहीमा तालिबानीको मृत्यु

अन्तर्राष्ट्रिय |




काबुल, असार २१ गते। अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकुको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ ।

सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा गएराति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकुको मृत्यु भएको जानकारी दिनुभयो । तर यसबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।
गएराति नै कान्दाहार प्रान्तमा तालिबान लडाकुले सैनिक जाँचचौकीमा आक्रमण गरेका र सेनाले गरेको प्रतिकारमा पाँच तालिबानी लडाकु मारिएको सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि तालिबान समूहले अफगान सुरक्षाफौज र सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरू जारी राखेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप