logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकामा कार्यालयहरू खुला गर्न नयाँ निर्देशिका जारी

अन्तर्राष्ट्रिय |




न्यूयोर्क, जेठ १६ गते। कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरू समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।
प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरूले कोविड–१९ का लक्षणहरू भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरूले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नुपर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरू कम्तीमा ६ फिटको दूरीमा राख्नुपर्नेछ ।
यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरूको वरिपरि कडा प्लास्टिक ठड्याउनुपर्नेछ ।
तेस्रो, कोरोनाभाइरस सक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरूमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरू जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरू अलगअलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।
कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरूले महिनौँदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?