logo
२०८० चैत्र १६ शुक्रवार

  लुटेरा समुहकाे साबिती 



पचास लाख लुट्याैं, मोटरसाईकल किन्यौं, नगरकोटमा रात बितायौं

पढ्नै पर्ने |


पचास लाख लुट्याैं, मोटरसाईकल किन्यौं,  नगरकोटमा  रात बितायौं


गोरखापत्र अनलाइन
काठमाडौं,माघ १२ गते ।  बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक बस्तुह देखाउँदै पैसा लुट्न समूहका सदस्यलाई महानगरीय अपराध महाशाखा टेकूले नियन्त्रणमा लिएको छ । उनीहररूले लुटेको ५० लाखबाट मोटरसाईकल किन्ने, नगरकोटको होटलमा गएर खर्च गरेको, पुरानो ऋण तिरेको र कोठा भाडा तिरेर रकम खर्चिएको प्रहरीलाई बयान दिएका छन् ।

संघीय राजधानी काठमाडौंभित्र अलौकिक चिजवस्तु आफूसँग छ भनि खरिदका लागि एकान्तमा बोलाई लुटपाट तथा डकैती गर्ने गरेको समूहलाई महाशाखाको टोलीले आइतबार सार्वजनिक गरेको हो । महाशाखामा एसपी मुकेशकुमार सिंहले राजधानीमा भएका विभिन्न घटनाहमा उनीहररूको सम्लग्नता देखिएको बताउनुभयो । उहाँले उनीहररूले लुटेको पैसा मोटरसाईकल किन्ने, नगरकोटका होटलमा गएर खर्च गरेको, पुरानो ऋण तिरेको र कोठा भाडा समेत तिरेको पाइएको प्रवक्ता समेत रहनु भएको एसपी सिंहले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रहरीले लुटपाटमा सम्लग्न छ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार माघ ९ गते काठमाडाैंकाे तार्केश्वर न.पा वडा नं २ काभ्रेस्थली शान्तिधाम मन्दिर जाने कच्ची सडक बाटोमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ स्थायी घर भएर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १५ भगवानपाउ बस्ने बर्ष ६३ को बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरले मेरो बाजेसँग बल्ने ढुङा छ भनि बिभिन्न बहाना बनाएका थिए । उनले बल्ने ढुंगा लिनको लागि ५० लाख समेत बोकेर आएकोमा लुटेराको समूहले पिडितलाई डर धाक धम्की दिई धारिलो हतियार खुकुरी, फलामको लठ्ठी समेत देखाई पिडितको आँखामा खुर्सानीको धूलो छर्की पीडितको साथमा रहेको नगद लुटेर लगेपछि प्रहरीले लुटेर खोज्न सकृयता देखाएको थियो ।

एसपी सिंहले दिएको जानकारी अनुसार दाङ पुरन्धारा गाउँपालिका वडा नं ९ खेप्ताङ स्थायी घर भएर काठमाडौंको मित्रपार्क बस्ने बर्ष ३८ को बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं ६ कटजुन स्थायी घर भएर काभे्रस्थली बस्ने बर्ष ३० को नकुर तामाङ, रसुवा आमाछोदिङमा गाउँपालिका वडा नं ५ गोलजुङ का ३८ बर्षका दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा नं ९ पुरानागाँउ घर भै हाल काठमाडौं १६ बाईपास बस्ने ३६ बर्षिया कुमार बहादुर बुढाथोकी रहेका छन् ।
त्यस्तै,रसुवा उत्तरगया गाउँपालिका वडा नं २ खड्कु स्थायी घर भएर काभ्रेस्थली बस्ने बर्ष ३६ को तेन्जिङ बहादुर तामाङ, रसुवा उत्तरगया गाउँपालिका वडा नं २ खड्कुका २८ बर्षका संजित वाईवालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १८ लाख ७५ हजार नगद तथा मोटरसाइकल र सुनको गहना बरामत गरेको छ ।

५० लाख लुटेपछि संजित वाईवाले डाँका गरी पाएको पाँच लाखमध्ये २ लाख ११ हजार, सानिमा बैंकमा जम्मा गरेको र ७७ हजारमा सुनको औठी किनेका थिए । त्यस्तै मोबाइल किनेर उनले एक लाख घर बनाएको ऋण तिर्न दिदीलाई दिएका थिए । बेदबहादुर भन्ने भीमबहादुर घर्ती मगरले डाँका गरी पाएको सात लाखमध्ये लु ५९ प २१३५ नं को २२० सि.सि. को पल्सर मोटरसाईकल किनेर नगरकोटमा एकरात बसी होटेलमा खर्च गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यस्तै दावा छिरिङ तामाङले डाँका गरी पाएको नगद पाँच लाखमध्ये एक लाख ५० हजारको ऋण तिरेको प्रहरीलाई बयान दिएका छन् । कुमारबहादुर बुढाथोकीले डाँका गरी पाएको चार लाख ५० हजार मध्ये ७५ हजारको घरभाडा तिरेको र एक लाख २५ हजार ठेकेदारलाई ऋण तिरेको प्रहरीलाई बयान दिएका छन् । नकुर तामाङले डाँका गरी पाएको पाँच लाख मध्ये ३० हजार ऋण तिरेको अरु रकम खाएर सक्याएको बयान दिएको एसपी सिंहले जानकार दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?