logo
२०८० चैत्र १६ शुक्रवार



मापदण्ड पुरा नगर्ने एम्बुलेन्स नियन्त्रणमा

पढ्नै पर्ने |


मापदण्ड पुरा नगर्ने एम्बुलेन्स नियन्त्रणमा


टीकाराम उप्रेती

झापा माघ ८ गते । मानवीय सेवाका लागि अनुमति लिएर सञ्चालन गरिएका धेरै जसो एम्बुलेन्स नै बिभिन्न ठगी धन्दा र नियम विपरित भएको पाइएको छ । झापामा एम्बुलेन्स सेवा सञ्चालन समितिले गरेको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

समितिले झापाको दमक क्षेत्रमा गरेको अनुगमनको क्रममा एकै दिन ७ वटा एम्बुलेन्समा विभिन्न खाले कमजोरी भेटिएको थियो । यसरी मापदण्ड विपरित सञ्चालन भएका एम्बुलेन्स समितिले नियन्त्रणमा लिएको छ । समितिका सदस्य सचिव समेत रहनुभएका जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार मंगलबार १३ वटा एम्बुलेन्समा अनुगम गर्दा ७ वटा नियम बिपरित सञ्चालन गरिएको जानकारी दिनुभयो । 

यि मध्ये धेरै जसोले सेवा स्वीकृत एक स्थानको लिएर अर्कै क्षेत्रमा सञ्चालन गरिएको पाइएको थियो । यस मध्ये एउटा एम्बुलेन्सले ताप्लेजुङ जिल्लामा सञ्चालन गर्ने सञ्चालन अनुमति लिएर दमकमा सञ्चालन गरिरहेको पाइएको थियो । एम्बुलेन्समा रातो अक्षरमा लेखिनु पर्नेमा कसैले हरियो लेखेको पाइएको थियो । यस्तै कुनै एम्बुलेन्समा चालकलाई फस्टेट तालिम समेत नलिएको पाइएको थियो । यसरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका बमोजिम सञ्चालन भएका एम्बुलेन्सलाई कार्वाहीका लागि नियन्त्रणमा लिएको छ ।

धेरैले फष्ट एड बक्स ( प्राथमिक उपचार सामाग्रीको बाकस) नै नराखेको पाइएको थियो । बेजिल्ला नविकरण गर्दै जरिवाना र राजस्व समेत ठगि गरेको पाइएको थियो । भने केहीका सस्था नबीकरण नगरीएको, अक्सिजन डिलिण्डरदेखि आवश्यक बस्तु समेत नभएको पाइएको थियो ।

यसरी नियम बिपरित सञ्चालन भएको एम्बुलेन्सलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । अब आवश्यक जरिवाना र नवीकरण नभएकाले नवीकरण गर्ने आवश्यक कागजपत्र पुरा गरेरमात्र छोडिने एम्बुलेन्स सेवा सञ्चालन समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदय राना मगरले बताउनुभयो ।

मानबीय सेवामा सञ्चनलन हुने एम्बुलेन्स नै मापदण्ड बिपरित राजस्व नतिरी वेजिल्लाको नविकरण गरेर गठी गर्ने क्रम बढेर गएपछि जिल्लामा अनगमन गर्न थालिएको हो । यस अघि समेत १० वटा भन्दा एम्बुलेन्सलाई आवश्यक कार्वाही गरिएको थियो ।

दमकबाट नियन्त्रणमा लिएको सबै एम्बुलेन्स झापाको कमल गाउँपालिकाको केर्खा प्रहरी चौकीमा राखिएको छ । नियन्त्रणमा लिएका अधिकांश एम्बुलेन्सको सेवा अनुमति स्थान दमक बाहिर थियो । सबै एम्बुलेन्स दमकका आम्दा अस्पताल, लाइफलाइन अस्पताल, केही चौकबाट समेत नियन्त्रणमा लिएको थियो । दुर्गम क्षेत्रमा सञ्चालन गर्ने अनुमति बनाएर बजार अस्पताल क्षेत्र वरिपरि मात्र राखेर बस्ने बिरामी ढुकेर बस्ने गरिएकाले अनुगम तिब्र बनाइएको प्रजिअ राना मगरले बताउनुभयो । यस्ता एम्बुलेन्सलाई हामी तत्काल कार्वाहीको प्रकृयामा ल्याउने र आवश्यक आफ्ना मागजपत्र चुस्त दुरुस्त आफ्नो अनुमति क्षेत्रमा बसेर सेवा दिने प्रतिबद्धता पछि मात्र छोड्ने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?