logo
२०८१ बैशाख १२ बुधवार



अज्ञात समुहद्वारा स्काभेटरमा आगजनी

खुला |




टीकाराम उप्रेती

झापा माघ ६ गते । निर्माणधिन पुलको काम गर्न राखिएको स्काभेटर आइतबार मध्यरातमा आगजनी भएको छ ।

झापाको दमक १० सेतुमारीदेखि गौरादहको बालुबथान जोड्ने गरी रतुवाखोलामा निमार्णधिन पुलमा प्रयोग भएको एउटा स्काभेटरमा आगजनी गरिएको हो ।

राती करिब १ बजेको समय आएका अज्ञात व्यक्तिरुले पुलका चौकीदार भक्त धिमाललाई नियन्त्रणा लिएर स्काभेटरमा आगजनि गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो ।

आगलागिबाट मेशिनमा पूर्णरुपमा क्षतिपुगेको छ । सोहि समुहले सो पुलमा प्रयोग हुँदै आएको अर्को जेसिभीमा पनि ढुङाले हानेर क्षती पुरर्याईदिएका छन् । केहि ब्यक्तिले चौकीदार धिमाललाई पेस्तोल देखाएर नियन्त्रण लिदै आँखा चिम्लन लगाएर स्काभेटरमा आगो लागाई दिएको धिमालले जानकारी दिनुभयो ।

घटना थाहा पाए लगत्तै स्थानीयबासीले प्रहरी र बारुणलाई खबर गरेका थिए । आगलागिको खवर पाएपछि दमक नगर पालिकाको बारुणयन्त्र घटना स्थलमा पुग्दा मेशिनमा पूर्णरुपले जलेर क्षतिपुगेको थियो । १० दशमलव ५ मिटर चौडाइ तथा ३ सय मिटर लम्बाइको सोे पुलको शर्मा–अनक जेभीले ३३ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण गरिहेको छ ।
पुलसँगै ३ सय मिटर एप्रोच सडक र ९ सय मिटर नदी नियन्त्रणको काम धमाधम भइरहेकोे छ । ०७३ असार २९ मा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य ०७६ साउन १२ मा सक्नुपर्ने ठेक्का सम्झौता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?