logo
२०८१ बैशाख १३ बिहीवार



वातावरण संरक्षणको महत्त्वपूर्ण पाटो

विचार/दृष्टिकोण |




सुनील मानन्धर / शिरीषबल्लभ प्रधान

माटोले नै मानिसलगायत पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिहरूलाई बाँच्ने आधार प्रदान गरेको हुन्छ । माटो, भूमि, जमिन आदि शब्दहरू एक–अर्काका पर्यायवाचीका रूपमा प्रयोग गरिन्छन् । भूक्षयभन्दा पृथ्वीको माथिल्लो सतहको माटो बगाएर लैजाने वा त्यसको स्थानान्तरणको प्रक्रिया बुझिन्छ । भूक्षयका कारण जमिनको गुणस्तर घट्नुका साथै त्यसको उर्वरा शक्ति स्खलित हुन्छ । योे प्राकृतिक भूक्षय गराउने तŒवहरू जस्तै पानी, हिउँ, हावा, बिरुवा, जनावर एवम् मानिसको गतिविधिका कारण हुन्छ । त्यस्तै भूसंरक्षणले पृथ्वीको माथिल्लो सतहको ठोस भागलाई हेरचाह गर्ने, संरक्षण प्रदान गर्ने र त्यसको पुनप्र्रयोग गर्ने कार्य बुझिन्छ । माटो खासगरी प्राकृतिक सम्पदाको स्रोत हुनाले तथा कृषि साधनका रूपमा त्यसको प्रयोग हुनाले महŒवपूर्ण पदार्थमा गनिन्छ ।
भूसंरक्षणभन्दा सामान्यतया जैविक विविधता संरक्षण भन्ने बुझिन्छ । यसको अर्थ हो– प्राकृतिक तथा सहरी वातावरणका ती तŒवहरूको संरक्षण वा दिगो प्रयोग गर्ने त्यस्तो प्रयास वा प्रक्रिया हो, जुन मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यको निम्ति अत्यावश्यक मानिन्छ । भूक्षयीकरण तथा मरुभूमिकरण हिजो, आज विश्वकै एक विकराल समस्याका रूपमा उपस्थित भएको छ ।
जनसङ्ख्या वृद्धि, मानव बस्तीको विस्तार तथा विकासका अनियन्त्रित गतिविधिहरूका कारण हिजोआज वातावरण विनाश तथा भूक्षयीकरणको समस्याले विश्वव्यापी रूप लिएको छ । एक तथ्याङ्कअनुसार भूक्षयीकरण, मरुभूमिकरण तथा खडेरीका कारण विश्वका करिब ३.२ अर्ब जनसङ्ख्या प्रभावित भएको छ । भूक्षयीकरण तथा जैविक विविधतामा ह्र्रास आउनुका कारण सन् २०५० सम्ममा विश्वका ७० करोड जनता आफ्नो निवास स्थान छाड्न बाध्य भई विस्थापित हुने अनुमान गरिएको छ । विशेषज्ञहरूले अनुमान गर्छन्, भूक्षय तथा मरुभूमिकरणका कारण विगत ५० वर्षभित्र विश्वको उर्वर भूमिको आधा भागमा रहेको उर्वर माटो नष्ट भएका छन् । भूक्षयका साथै जमिनको पोषिलो पदार्थ, माटोको बनावट तथा उर्वरा शक्ति नष्ट हुनाले गर्दा माटोको गुणस्तरमा ह्रास आएका छन् । जमिनको उर्वराशक्तिको ह्र्रास विशेषगरी भूक्षय, निरन्तरको खेतीको कार्य, माटोको बनोटमा आएको परिवर्तन तथा हरियालीको विनाशका कारण हुन्छ ।
भूमि वा जमिन र त्यसवरिपरिको वातावरणको महŒव मानिसले अहिले आएरमात्र बुझेको हैन । हजारौँ वर्ष अघिदेखि मानिसले त्यसको महŒवलाई अङ्गीकार गर्दैै आएका छन् । भूमिको महŒवलाई बुझेर नै होला अथर्व वेदमा भूमि वा पृथ्वीलाई माताका रूपमा स्तुति गाइएको छ । अथर्व वेदको भूमि सूक्तमा पृथ्वीलाई माता र मानिसलाई पुत्रका रूपमा दर्शाइएको छ ः हे पृथ्वी, तिमी मेरी माता हौ र म तिम्रो पुत्र हुँ । तिमी पर्जन्य (वर्षाका साधनहरू जस्तै बादल) पितासँग मिलेर पृथ्वीमा यज्ञ कर्म पूरा गराउँछौँ ।
श्रीमद्भागवतमा प्राचीनकालका राजा पृथ्वु र गौरूप धारण गरेकी पृथ्वी माताबीच निकै रोचक वार्तालाप प्रस्तुत गरिएको छ । पृथ्वीले सबै अन्न तथा बहुमूल्य वस्तुहरू आफ्नो गर्भमा लुकाएपछि राजा पृथु क्रुद्ध भई पृथ्वीलाई समाप्त पार्न भनी उनीलाई धनुषवाण तेस्र्याउँछन् । डरले थर्थर काँपेकी पृथ्वी आफ्नो प्राण रक्षा गर्न आग्रह गर्दै पृथुलाई भन्छिन्– दुष्ट राजा तथा लुटेराहरूले मलाई रक्षा गर्नुको सट्टा मेरा सबै सम्पत्तिहरू लुट्न र मलाई नष्ट गर्नतिर लागेको हुनाले मैले भविष्यका निम्ति ती जडीबुटी, अन्न तथा बहुमूल्य धातुहरू जोगाउन आफैँभित्र लुकाएकी हुँ । तिमीले मेरो दोहन गर, मलाई समतल बनाऊ ताकि सबैतिर पानी बराबर रूपले बाँडिन्छ र जमिन पनि सुख्खा हुन पाउँदैन अनि कृषिको उपयुक्त उपाय अपनाऊ । यदि तिमीले मलाई व्यवस्थित गरी दोहन ग¥यौ भने म तिमीलाई ती बहुमूल्य वस्तुहरूका साथै राम्रो फसल दिनेछु (श्रीमद्भागवत स्कन्द ४ अध्याय १८) यसरी हामीलाई ती प्राचीन ग्रन्थले पृथ्वीको संरक्षण र सम्बद्र्धन गर्ने कुरा सिकाउँछ ।
भारतको राजधानी नयाँदिल्लीमा गत सेप्टेम्बर महिनामा सम्पन्न राष्टसङ्घीय मरुभूमिकरण प्रतिरोध सम्झौता बैठकले मानव कल्याणको निम्ति र भावी पुस्ताको सुरक्षाका निम्ति जमिनमा लगानी गर्न र भूसंरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । जमिनको संरक्षणमा लगानी गर्नाले वातावरण संरक्षणको दिशामा महŒवपूर्ण भूमिका खेल्ने कुरा पनि सो सम्मेलनमा सहभागीहरूले औँल्याएका छन् । सो दुईहप्ते छलफलक्रममा भूक्षयीकरण वातावरण विनाशको एक महŒवपूर्ण अङ्ग रहेको औँल्याउँदै जमिनको उचित व्यवस्थापन तथा पुनःस्थापनद्वारा वातावरणसम्बन्धी समस्याहरूलाई महŒवपूर्ण रूपमा सम्बोधन गर्न सकिने कुरामा जोड दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घले २०२१–३० लाई पर्यावरणीय पुनःस्थापना दशकका रूपमा मनाउने घोषणा गरेको छ । रासंले सो अवधिमा भूक्षयद्वारा ग्रसित र पुनःस्थापना गर्न सकिने कमसेकम ३० प्रतिशत भूपर्यावरणलाई पुनःस्थापित गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्नका निम्तिले वैज्ञानिक प्रमाणमा आधारित भूपुनःस्थापनसम्बन्धी एकीकृत, सर्वोत्कृष्ट उपाय तथा परम्परागत ज्ञानमा आधारित उपायहरू दुवैको सम्मिश्रणयुक्त ज्ञान प्रभावित समुदायहरूका निम्ति उपलब्ध गराउने वचनबद्धता व्यक्त गरेको छ ।
मरुभूमिकरण, भूक्षयीकरण तथा खडेरीले जनस्वास्थ्यमा मात्र प्रतिकूल असर पु¥याउने नभई, यस क्षेत्रको विकास तथा उन्नतिको क्रियाकलापहरूलाई समेत नकारात्मक प्रभाव पार्छ । तसर्थ, मरुभूमिकरण र भूक्षयीकरणका असरहरूलाई न्यूनीकरण गर्न भूमिको संरक्षण, जमिन तथा माटोको उर्वरा शक्तिलाई पुनःस्थापन गर्न प्रभावकारी उपायहरू अवलम्बन गर्नु जरुरी हुन्छ ।
हामीले दिगो विकासका लक्ष्यहरूले तय गरेको भूक्षयीकरण तटस्थता हासिल गर्नका निम्ति उचित प्रयास गर्नु जरुरी हुन्छ, किनभने यसबाट प्रायः सबैजसो सहस्राब्दी विकास लक्ष्यहरू हासिल गर्ने प्रक्रियालाई तीव्र गति प्रदान गर्न सकिन्छ । साथै यसले भूपुनःस्थापन तथा जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्न दिगो विकास आर्थिक सहयोगलाई आकर्षित गर्नसमेत सहायकसिद्ध हुन्छ ।
जलवायु परिवर्तन तथा भूमि विषयक अन्तरसरकारी प्यानल (आईपीसीसी) को एक प्रतिवेदनका अनुसार सन् २००७–२०१६ को अवधिबीच कृषि, जङ्गल तथा अन्य भूमिसम्बन्धी प्रयोगहरूबाट निष्कासन हुने प्रदूषण विश्वभरि मानवीय गतिविधिद्वारा निष्कासित हुने कुल ग्रीनहाउस ग्याससँग सम्बद्ध एन्थ्रोपोजेनिक प्रदूषणको २३ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्कले देखाउँछ । यसलाई विश्वव्यापी रूपमा तापमानमा वृद्धि भई जलवायु परिवर्तन हुने प्रक्रियाको एक मुख्य कारक तŒव मानिन्छ । यदि हामीले उत्पादनशील जमिनको मरुभूमिकरण वा भूक्षयीकरणको प्रक्रियालाई रोक्न, न्यूनीकरण गर्न वा उल्ट्याउन सक्यौँ भने यसले सम्भावित जलवायु परिवर्तनलाई रोक्नमा महŒवपूर्ण योगदान दिन्छ ।
अब यहाँ नेपालको सन्दर्भमा भूक्षयीकरण, त्यसको प्रभाव एवम् निराकरणबारे सङ्क्षिप्तमा उल्लेख गर्नु मनासिव होला । नेपालको भूमिलाई तराई, पहाड र हिमाल भनी विभाजित गरिएको छ । वन–जङ्गल तथा अन्य संरक्षित क्षेत्रको सामुदायिक व्यवस्थापनद्वारा संरक्षण गर्ने निरन्तर प्रयासका बाबजुद पनि तराईका जङ्गल एवम् सिवालिक क्षेत्रले मानवीय हस्तक्षेपका कारण बढ्दो दबाब झेल्दै आएका छन् । तीव्र जनसङ्ख्या वृद्धिले गर्दा पनि प्राकृतिक स्रोत तथा साधनमा दबाब बढ्दो छ । जङ्गल विनाश, जमिन अतिक्रमण, प्रदूषण, डढेलो, बाढी एवम् पहिरो र भूक्षय नेपालले भोग्दै आएका प्रमुख वातावरणीय समस्या हुन् । तसर्थ, जमिनको गुणस्तरमा देखिने ह्र्रास तथा भूक्षयीकरणका समस्यालाई निराकरण गर्र्न गर्न ठोस तथा एकीकृत सम्बद्र्धनका प्रयासहरूको तत्काल खाँचो देखिएको छ ।
(मानन्धर पूर्वमन्त्री र प्रधान पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?