logo
२०८० चैत्र १६ शुक्रवार



विद्यालय स्तरमा चर्चित आईजिपी कप फुटबल प्रतियोगिता सुरु

खेलकुद |




काठमाडौं, मङ्सिर २७ गते । विद्यालय स्तरमा निक्कै लोकप्रिय आईजिपी कप रनिङशिल्ड प्रतियोगिता शुक्रबारबाट नेपाल प्रहरी स्कूल साँगामा सुरु भएको छ ।

काभ्रेको साँगामा रहेको नेपाल प्रहरी आवासिय विद्यालयले आयोजनामा २७ औं आईजिपी कप रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । खसी कपको नामले चर्चित प्रतियोगिताको उद्घाटन सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल प्रहरीका डिआईजी नारायणसिंह खड्काले एक कार्यक्रमकाबीच गर्नुभएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल प्रहरीले विजयी सुरुवात समेत गरेको छ । नेपाल प्रहरी स्कूल साँगाको खेल मैदानमा सुरु भएको २७ औं संस्करणमा उद्घाटन खेलमा आयोजक नेपाल प्रहरी स्कूल‘ए’ ले १–० को जित निकालेको छ ।

नेपाल प्रहरीका बिमोजित राजवंशीले गरेको एक गोलको मद्धतमा आयोजक स्कूलले जेम्स स्कूल धापाखेल माथि १–० को संर्घषशिल जित निकालेको हो । खेलमा प्रहरीका नवराज बाँनिया म्यान अफ दी म्याच घोषित भएका थिए ।

काभ्रे र राजधानीका आठ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । खसी कपको रुपमा चर्चित रहेको प्रतियोगितामा समापन आईजिपी सर्वेन्द्र खनालले आगामी पौष ५ गते गर्ने कार्यक्रम रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?