logo
२०८० चैत्र १६ शुक्रवार



गाउँपालिकाको भित्ते पत्रिकामै कृषि र कृषकका कुरा

समाज |




प्रतीक शर्मा सल्यान

मङ्सिर २१ गते । सल्यानको दार्मागाउँपालिकाको भित्तामा टागिएको भित्तेपत्रिकामा कृषि र कृषकका कुरा टाँगिएसँगै त्यसबाट सूचना लिन कृषक गाउँपालिका पुग्ने गर्नुहुन्छ । गाउँपालिकामा पुग्ने जो कोहीले पनि कार्यालय छेउमै रहेको सानो घरको भित्तामा टाँसिएको भित्ते पत्रिका पढ्ने गर्नुहुन्छ । दर्ता चलानी कोठाको वाहिरी भित्ता कृषकसंग जेटिए नामक भित्ते पत्रिका रहेको छ ।

सेवा लिन आएका दार्मागाँउपालिका ३ का नारायण केसीले आफुले भित्ते पत्रिकामा गाउँपालिका पहिलो चौमासिकमा कृषि क्षेत्रमा गरिएको खर्च विवरण, कृषकले पाएको सेवा सुविधा आदिवारे समाचार प्रकाशित भएको र त्यहाबाट धेरै कु्रा थाहा पाएको बताउनुभयो । उहा त एक प्रतिनीधि पात्र हुनु हुन्छ । उहाजस्तै दार्मागाउँपालिका–१ का प्रकाश शर्माले भित्ते पत्रिकाले खेति प्रवीधि र कृषि क्षेत्रमा गाउँपालिकामा भएका विभिन्न प्रेरणादायी कुराशरु समेटेको वताउनुभयो । उहाले भन्नुभयो ‘पत्रिकाले समेटेको विषय ज्ञानवद्र्धक रहेको छ ।’

यहाँ सेवा लिन आएका सेवाग्राहीले पत्रिका पढ्ने गरेका छन् । पहिलो अंकको रुपमा गएको मङ्सिर ५ प्रकाशित भएको हो । पहिलो अंंकमा सम्पादकीय, कृषि खेति प्रविधी, सन्देशमुलक चुट्किला , पहिलो चौमासिक खर्च भएको कृषीको वजेट लगायतमा समाग्री समेटिएको कृषि प्राविधिक नेत्र घर्तीले जानकारी दिनुभयो । उहाका अनुसार मासिक रुपमा प्रकाशित हुने यो पत्रिकामा प्रत्येक महिना कृषिसंग सम्वन्धित भएर कृषकले गर्नु पर्ने कार्य, प्रेरणादायी कथा, समाचार आदि समाग्री राखिएको छ ।

गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीले भित्ते पत्रिका मार्फत कृषि क्षेत्रमा भएका कृयाकलाप र खेति प्रवीधि आदि विषयमा शिक्षा पाउने अध्यक्ष निमवहादुर केसीले वताउनुभयो । उहाका अनुसार कृषि शाखाको सक्रियतामा प्रकाशित पत्रिका ज्ञानवद्र्धक रहेको छ । कृषि क्षेत्रमा भएको खर्च, कायृक्रम सञ्चालन भएको ठाउ, लाभावान्तित कृषक, सफल कृषकका कथा र कृषक कै रचना समेत पढ्न सकिन्छ ।

पहिलो अंकमा सम्पादकीय ,दोश्रो चौमासिकमा कृषिमा सञ्चालन गरिने योजना र बजेट ,प्याज खेति प्रविधी, आलुवालिमा लाग्ने डढुवा रोग, मंसिर महिनामा गरिने कृषि कर्महरु, कृषि विषयका चुट्किला र साहित्य सहितका समाग्री रहेका छन् । कृषकसंग जेटिए नामक भित्ते पत्रिका को संरक्षक गाउँपालिका अध्यक्ष निमवहादुर के.सी र सम्पादक संयोजक कृषि प्राविधिक नेत्र घर्ती र सल्लाहका पशुशाखा अधिकृत अमृत खड्का रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?