logo
२०८० चैत्र १६ शुक्रवार



महिला हिंसाविरुद्ध प्रतिरोध (सम्पादकीय)

विचार/दृष्टिकोण |




मानव बेचविखनमा मूलतः महिला तथा बालबालिका पीडित भएका हुन्छन् । बेचविखन विदेश खासगरी भारतमा हुन्छ भन्ने आमबुझाइ रहेको छ तर नेपालभित्रै सहरी क्षेत्रमा हुने गरेको महिला बेचविखन निकै संवेदनशील देखिएको छ । आन्तरिक महिला बेचविखन र जबरजस्ती यौनधन्दामा लगाइने घटनाको यकिन तथ्याङ्क उपलब्ध छैनन् । आपैmँमा पनि यो गोपनीय कार्य भएकाले पीडितले भरसक यसबारेमा जानकारी दिन चाहँदैनन् । अनौपचारिक रूपमा केही सामाजिक सङ्घ–संस्थाले कुनै एक÷दुई स्थान विशेषमा यसबारे अध्ययन गरेकाले मुलुकभरिको तस्बिरको प्रस्तुति यस्तो सीमित अध्ययनले गर्न सक्दैन । राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालबाट विदेशमा हुने बेचविखनभन्दा आन्तरिक बजारमा हुने महिला बेचविखन जटिल देखिएको छ । विदेशमा हुने बेचविखनको तुलनामा आन्तरिक रूपमा हुने बेचविखन झन्डै दोब्बर हुने गरिएको पाइएको छ । घरेलु काम गराउने बहानामा महिला र बालबालिकालाई यौनधन्दामा प्रयोग गरिएका विभिन्न घटनाले पुष्टि गरेका छन् । पीडितले प्रहरीमा दिएका उजुरीपछि मात्र राखिएका तथ्याङ्क वा गरिएका उपचारबाट मानव बेचविखनको विकराल अवस्थाको मापन गर्न सम्भव छैन ।
यौनधन्दा रहर हुँदै होइन । बाध्यताको पनि अन्तिम चरण हो । अधिकांश महिला जीवन निर्वाहको विकल्प नभएका अवस्थामा यस्तो कार्यमा संलग्न हुने गरेका छन् । गरिबीको यो दुष्चक्रलाई चिर्न नसक्दासम्म जबरजस्ती यौनधन्दा वा बेचविखन रोक्न सम्भव छैन । अर्कोतिर सबै बेचविखन अन्जानमा हुने गरेका छन् भन्ने कुरा पनि सत्य होइन । कतिपय अवस्थामा जानाजान पनि यस्ता घटना भएका पाइएको छ । सरकार वा सरकारी निकायले मात्र यस्ता समस्याको समाधान गर्न सम्भव नरहेकाले व्यक्ति–व्यक्ति आफँै पनि होसियार हुनु आवश्यक छ । यौनधन्दा व्यक्तिको होसिरयारीबाट धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ भने बेचविखन त्योभन्दा अलि जटिल भए पनि व्यक्तिको होसियारीले पनि धेरै हदसम्म समाधान निकाल्न सक्छ । घरेलु हिंसाका कारण र पीडकको पहिचान गरी शून्य सहनशीलताका आधारमा कारबाही गरी समाधान प्रस्तुत गर्न सकिनेछ । उजुरी लिन गरिने आलटाल, राजनीतिक तथा प्रशासनिक संरक्षण, अदालती आदेश वा फैसला कार्यान्वनमा हुने ढिलासुस्तीजस्ता प्रवृत्तिले पीडकले संरक्षण पाएका छन् । यस्ता प्रवृत्तिमा सुधार नगरी महिला हिंसा, बेचविखन र यौनधन्दाको समाधान गर्न नसकिने भएकाले यतातर्फ विशेष पहल हुनुपर्ने देखिन्छ । राजधानीमा रहेका अनुमान गरिएका करिब पचास हजार यौनकर्मी महिलामध्ये अत्यधिक आर्थिक कमजोरी र घरेलु हिंसापछि कामको खोजी गर्दैगर्दा दलदलमा फस्न पुगेका देखिएकाले समस्याको केन्द्रबिन्दुबाटै समाधानको पहल गर्नुपर्ने देखिन्छ ।
कतिपय अवस्थामा यौनधन्दा वा बेचविखनविरुद्धमा जनचेतनाको पनि अभाव देखिएको छ । सुरुमा केही आदत र केही आम्दानीको मोहमा गरिने अवैध यौन क्रियाकलाप नै पछि गएर यौन अपराध हुनेछ भन्नेमा नागरिकलाई स्पष्ट गरिनुपर्ने देखिएको छ । कतिपयलाई अवैध यौन क्रियाकलाप अपराध हो भन्ने नै थाहा नहुन सक्छ । श्रीमान् श्रीमतीबाहेक अन्यसँग यौनसम्पर्क राखेमा त्यो यौनधन्दा वा मानव बेचविखन ठहर्ने कानुनी प्रावधानबारे जनचेतना अभिवृद्धिको खाँचो पनि देखिन्छ । शिक्षित महिलाले यौनहिंसाको प्रतिरोध गर्ने तर कम पढेलेखेका र आर्थिक रूपमा कमजोरले प्रतिरोध गर्न नसक्ने वा नचाहने भएकाले यसविरुद्ध उजुरी नगर्ने प्रवृत्ति रहेकाले उजुरी र प्रतिरोधको कानुनी व्यवस्थालाई सहज बनाउनुपर्ने देखिन्छ । अन्तिम अवस्थामा आएर घटना सार्वजनिक गर्ने प्रवृत्तिले महिलामाथि हुने यौन हिंसा नियन्त्रण गर्न समस्या पर्ने भएकाले घटनालगत्तै उजुरी र प्रतिरोध गर्ने साहस पीडित महिलामा हुनुपर्छ । नेपालको संविधानले कसैलाई बेचविखन गर्न, दास वा बाधा बनाउन र इच्छाविपरीत काम लगाउन निषेध गरेको छ । साथै महिलाविरुद्ध कुनै पनि प्रकारको शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक र अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न निषेध गरेको छ । कार्यस्थलमा हुने यौनजन्य दुवर्यवहार (निवारण) ऐन २०७१, बा(लबालिकासम्बन्धी ऐन–२०७५, श्रम ऐन–२०७४, ले यौनजन्य कार्यलाई निकृष्ट भनेको सन्दर्भमा यस्ता कानुनी प्रावधानको सशक्त कार्यान्वयन गरी विद्यमान समस्या समाधान गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?