logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रिय उपलब्धिका पदचाप

विचार/दृष्टिकोण |





प्रा.डा. ऋषिराम शर्मा

विश्वको शक्तिराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले ‘नेपाललाई अब भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने र बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने’ भन्ने सञ्जीवनी बुटीका औजारले नेपालको पीडा र हीनताको उपचार गर्नुभयो । त्यसका साथै मुलुकले बेलाबेला भोग्नुपरेका र भविष्यमा समेत भोग्नुपर्ने नाकाबन्दीको घाउका क्यान्सरको सफल शल्यक्रियासमेत गरिदिनु भएको छ ।
विशाल भूभाग र जनसङ्ख्या भएको, विश्व राजनीतिमा चमत्कारिक र जादुमयी ढङ्गले महाशक्तिका रूपमा सशक्त रूपमा उदाएको चीनका केही विशिष्ट विशेषता छन् । द्रुततर विकास र समृद्धिको पर्याय बनी उन्नतिको शिखर चुमेको चीन शासनव्यवस्थाका रूपमा आपूmलाई विश्वदृष्टिका कोणबाट एकात्मक शासन व्यवस्था भएको मुलुक भनिए पनि करोडौँ जनताको हृदय जितेर नै आपूmले राज्य चलाएको र मुलुकलाई समृद्धिको यो अवस्थामा पु¥याएको कुरामा गर्व गर्दछ । आफ्नो मुलुकको शासन व्यवस्था र राजनीतिक विचारप्रति गौरवान्वित चीन एकातिर आफ्ना विचारलाई कुनै पनि सार्वभौम देशमा निर्यात गर्न चाहँदैन र उसका दृष्टिमा आफ्नो मुलुकमा पनि पश्चिमाहरूले आफ्नो स्वार्थ अनुकूल परिभाषित गरेको कुनै अमुक तन्त्रात्मक राजनीतिक व्यवस्था वा विचारलाई आफ्नो देशमा प्रवेश दिन पनि मञ्जुर छैन । तर त्यस्ता सम्पन्न र धनाढ्य मुलुक र त्यहाँका लगानीकर्ताको आर्थिक लगानी भिœयाई तिनको सुरक्षाको ग्यारेन्टी गर्न, तिनका उत्पादनलाई विश्व बजारमा व्यापारको अनुकूल वातावरण बनाउन र मुनाफा दिलाउन दिल खोलेर सहयोग गर्ने काम भने जारी राखेकै छ । अर्थात् चीन विपन्न देशहरूमा विकास निर्यात गर्छ तर विचार निर्यात गर्दैन । सम्पन्न देशका आर्थिक लगानी आयात गर्छ तर तिनको विचार आयात गर्दैन । आफ्नो देशको शासन व्यवस्था, अखण्डता र एकताका विरुद्ध कसैले औँलो ठड्याउँदा ऊ आगो हुन्छ । भर्खरै नेपालको राजकीय भ्रमण सकेपछि चिनियाँ राष्ट्रपतिले कुनै प्रसङ्गमा आफ्नो मुलुक टुक््रयाउन खोज्नेका हड्डी टुक्राटुक्रा पारिने भनी दिनुभएको चेतावनीले पनि अटल राष्ट्रभक्तिका विरुद्ध बोल्ने खेल्नेहरूसँग चीन कसरी प्रस्तुत हुन्छ भन्ने प्रस्ट पार्नुभएको छ ।
चीनको अर्को विशेषता आफ्नो हित, गौरवमय परम्परा तथा संस्कृतिप्रति सम्मान र गर्व गर्दै अटल देशभक्तिको अडान साथ आफ्नो समृद्धि, विकास र व्यापारसँगै छिमेकी मुलुकको विकास र समृद्धिलाई समेत डो¥याउनु हो भन्ने बुझ्न सकिन्छ । हरेक मुलुक विकास र समृद्धिलाई आफ्नो सपना बनाउँछन् तर त्यसलाई द्रुतगतिमा विपनामा अनुवाद गरी चमत्कार देखाउने मुलुक चीन हो । आपूm समृद्ध भएपछि समृद्धि र विकासको निर्यात गर्न ऊ आतुर देखिन्छ । यसैका लागि राष्ट्रपति सीले क्षेत्र र मार्ग (बीआरआई) जस्तो ठोस अवधारणा अघि सार्नुभयो जसमा आजभन्दा दुई हजार वर्ष पहिले चिनिया हानवंशी सम्राटले विश्वमै व्यापारिक मार्गका रूपमा प्रयोग गरेको रेशम मार्गलाई रेनेसाँ अर्थात् पुनर्जागरण गरियो । आज चीन अतीतको यही ऐतिहासिक डोरी पक्रेर जल र स्थलमार्ग सञ्जालबाट वान बेल्ट वान रोड (एक पाटो एक बाटो) हुँदै विश्वसँग आपूm र अरूलाई समेत विकास र समृद्धिमा पुयाउन चाहन्छ ।
विकिपिडियाका अनुसार दुई शताब्दी लक्ष्यमा समेटिएको; एसिया, अफ्रिका, युरोप र ओसिमानियाका सत्तरी मुलुक र करिब ६२ प्रतिशत जनसङ्ख्या समेतको विश्व समेटिने यो महŒवाकाङ्क्षी योजना चीनको वैश्विक विकासको रणनीति हो र यसलाई ऊ सन् २०४९ सम्म पूर्णता दिने गुरुयोजनासाथ अघि बढेको छ । चीन यसका माध्यमबाट नेपाललाई उत्तर–दक्षिण कनेक्ट (जोड्ने) गरी समृद्ध तुल्याउन चाहन्छ । प्रा. कृष्ण खनालका अनुसार चिनियाँ कूटनीतिको विशेषता भनेकै आफ्नो हितको पहिचानसहितको ‘बिजनेस लाइक डिल’ हो । चीनले यसो गरेर सोभियत सङ्घले जस्तो कम्युनिस्ट विचारधाराको आधारमा मात्र नभई दुईपक्षीय तथा बहुपक्षीय हित र साझेदारीका आधारमा मात्र आफ्नो प्रभाव जमाइरहेको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणलाई हरेक कोणबाट उपलब्धिमूलक रहेको भनी विभिन्न नेता, व्यक्ति र विज्ञहरूबाट विश्लेषण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘यस राजकीय भ्रमणले दुई देशको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको’ विचार व्यक्त गर्नुभएको छ भने प्रधानमन्त्री के.पी. ओली ट्विटमार्पmत ‘सी चिनफिङको भ्रमण भव्य रूपमा सम्पन्न भएको र उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको’ बताउनुभएको छ । संसारका ग्लोवल एजेन्डा सेटिङमा निर्णायक बन्दै आएको चीन हाम्रो छिमेकी मुलुकमात्र नरही विश्वको शक्तिराष्ट्र भयो भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रोफाइल बढेको र चीनसँग विकास साझेदारीको नयाँ चरण आरम्भ भएको बताउनुभएको छ ।
काँग्रेस सभापति देउवाले यसलाई ऐतिहासिक र सफल भ्रमण भन्नु, भू.पू. प्रधानमन्त्री माधवकुमार नेपालद्वारा यस भ्रमणले विश्वमा नेपालको शान बढेको र चीनका लागि नेपालको महŒव बढेको ठान्नु, पूर्व प्र.म. बाबुराम भट्टराईले ‘केटाकेटी हुँदा मामा आउँदा के दिनुभयो, कति दक्षिणा दिनुभयो भन्ने जस्तो सोच हामीले यो भ्रमणमा राख्नुहुँदैन समग्रमा यो भ्रमण राम्रै र सुमधुर मान्नुपर्छ’ भन्नु तथा सम्पूर्ण मधेशवादी दलहरूले यस भ्रमणलाई सकारात्मक ठान्नु यो भ्रमण अत्यन्त उपलब्धिमूलक रहेका दसी हुन् ।
राष्ट्रपतिको यस भ्रमणबाट बीस बुँदे समझदारी र सम्झौतामा हस्ताक्षर भएका कुरा त आपैmँमा अत्यन्तै महŒवपूर्ण उपलब्धिका घटना हुन् नै, त्यस अतिरिक्त राष्ट्रपति सीले दिएका केही गम्भीर र प्रच्छन्न सन्देश र सुझाव पनि झनै महŒवपूर्ण छन् । नेपालमा वाम सरकार भएकाले मात्र चीनले सहयोग गरेको नभई नेपालमा जोसुकै सरकार आए पनि चीनको सहयोग यथावत् रहने कुरो प्रस्ट रूपमा राख्नुका साथै प्रतिपक्षी दलका नेतालाई आपैmँले खोजेर चीन भ्रमण गर्न दिएको निम्तोले समेत यसलाई पुष्टि गर्छ । प्रतिबद्धताको ओइरोमात्र लगाउने तर कार्यान्वयनको जाँतो नघुमाउने प्रवृत्ति र चालचलनका लागि ‘गरिएका प्रतिबद्धता पूरा गर्न सक्नुपर्छ हामी त्यसमा प्रतिबद्ध छौँ र त्यसै गरिरहेका छौँ भन्दै प्रतिबद्धता पूरा नगर्ने हो भने सम्झौता र समझदारीको कुनै अर्थ नहुने छनकसमेत सीले दिनुभयो । त्यतिमात्र नभई जनतासँग मत जितेर बिचौलिया र ठेकेदारसँग मन जोड्ने, आफैँ जनप्रतिनिधि एवं आपैmँ डोजर मालिक हुने तथा परोक्षरूपमा आफैँ ठेकेदार बन्ने दलका कतिपय नेता र प्रतिनिधिको आचरण सुधार्ने गरी ‘मुलुकको विकासका लागि दलभित्र पहिला शुद्धीकरण र भ्रष्टाचारमा शून्य सहनशीलता’ हुनुपर्छ भनी उहाँले सुझाउनुभएको कथनमन्त्र त झनै उपलब्धिमूलक छ ।
यसपटक भारत हुँदै नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रपतिको विशेष विमान जब दक्षिण भारतको मामल्लापुरबाट काठमाडौँ उड्यो त्यसै राति करिब १० बजे भारतस्थित चिनियाँ राजदूतले चीन र भारतलाई अजिङ्गर र हात्ती भनी ट्विट गरेको कुरो परराष्ट्रविद् रमेशनाथ पाण्डेको स्रोतबाट यसरी आयो– “हात मिलाएर चीन र भारत सँगै उभिए, अजिङ्गर र हात्तीको नृत्य सुरु भयो” ।
‘दुई ढुङ्गाका बीचको तरुल’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको न्यारेटिभले नयाँ र अपडेटेड भर्सन प्राप्त गरेको अनुभूत भयो जसअनुसार ‘अजिङ्गर र हात्तीका बीचको मानव’ भन्ने नयाँ न्यारेटिभ निर्माण भयो । अजिङ्गर (सर्प वर्गअन्तर्गतका) नागदेवता र हात्ती गणेश देवताका प्रतीक हुन् । यी दुईले गरेको विकास र समृद्धिका नृत्यको मनोरञ्जनात्मक अवलोकन गर्दै दुवैको पूजा अर्चनामार्पmत नेपाल प्रचुर फल प्राप्त गर्नका साथै समृद्धि पथमा आउने समग्र विघ्नबाधा निवारण गर्न सक्ने अवस्थामा देखिन्छ । स्मरण रहोस् नागलाई जिस्क्याएमात्र डस्ने हो भने हात्तीलाई पनि रत्याउन नसके त्यसले वितण्डा मच्चाउने हो तसर्थ नेपालले उत्तर र दक्षिणतर्पm सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्न सकेमात्र प्रचुर फाइदा लिने देखिन्छ । सीको नेपाल भ्रमणको उपलब्धि र त्यसका सकारात्मक पदचाप ध्वनित हुने क्रम जारी छ । सी आउँदा रातारात उपत्यकाको दुईदिने सीमार्ग (सी हिँड्ने बाटो सेरोफेरो मात्र) सिँगारियो । जे भए पनि आखिर गर्न खोज्यो भने विकास यसरी पनि हुँदोरहेछ भन्ने प्रमाणित भयो ।
यस भ्रमणका क्रममा एउटा भय थियो । चीनले दिएको ट्रलिबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कारखाना निल्यौँ; अनि विदेशी सहयोगबाट प्राप्त नगद सहयोगमा कमिसनको बिला लगायौँ र विदेशी सहयोगबाट बनेका सम्पूर्ण संस्थामा दाइँ हाल्दै आपूm मोटाएर राष्ट्रलाई ख्याउटे पा¥यौँ । कतै यी सारा संस्थाका अतृप्त आत्माहरू (प्रेतहरू) भेला भई मध्यरातमा सोल्टी होटलमा पुगेर सी चिनफिङसँग बिलौना गरेको भए र यो देशमा आपूmलाई बेच्नेहरूका अनुहार एक एक गरेर चिनाएको भए ती महान् नेताको मन कति दुख्थ्यो होला ? धन्य छ ती अतृप्त आत्मालाई जसले कडा सुरक्षा व्यवस्थाका कारणले हो वा आपूmलाई टोक्नेहरूलाई किन टोक्नु भनेर हो तिनले उजुरबाजुर गरेनछन् र हामीले पुनः चीनबाट मुक्त हृदयले सहयोग प्राप्त गरेका छौँ । सी भ्रमणका उपलब्धिमा कसैको शङ्का छैन तर मित्रराष्ट्रको सहयोग र दानलाई निजी सम्पत्तिमा अनुवाद गर्ने र बेच्ने पुरानो हरामी मानसिकता यथावत् रहने हो कि भन्ने आशङ्का र भयको कुहिरो व्याप्त छ । आशा एवं विश्वास गरौँ, मुलुकको समृद्धिलाई मूलमन्त्र बनाउनुभएका प्रधानमन्त्रीको नेतृत्वमा सी भ्रमणबाट प्राप्त उपलब्धिलाई पूर्णतः मुलुकको समृद्धि र मुलुकवासीको सुखका लागि नै प्रयोग हुनेछ ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?