भड्किलो नबनाउँ चाडपर्व

विचार/दृष्टिकोण |




गोकर्ण अर्याल

दशैँ आयो खाउँला पिउँला । कहाँ पाउला ?

दशैँ आउन थालेपछि हातका औँला भाँचेर अथ्र्याइने उतिबेलाका यी आशा र निराशाका सङ्केतले यतिबेला समाजलाई प्रतिनिधित्व गरिरहेको प्रतीत हुन्छ । अहिले पनि हुनेखानेका लागि यस्ता पर्व सकेको खर्च गर्ने अवसर बन्छ । निम्छरा र गरिबका लागि कसरी दशैँ मनाउँलाको स्थिति छ । हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन् तर यसअनुरूप यी कर्म हुनेगरेका छन् कि छैनन् ? प्रश्न उठ्नु अस्वाभाविक होइन । यतिबेला हाम्रा महŒवपूर्ण पर्व सुरु भएका छन् । यस्ता पर्वले समाजमा खुशी र उमङ्ग ल्याउनुका साथै यिनले बोकेका महŒव र अर्थ समाजका लागि त्यत्तिकै महŒवपूर्ण हुने गर्छन् । हाम्रो समाजमा धेरै किसिमका चाडपर्व छन् । कतिपय स्थानिय र जातीय आधारमा मान्ने प्रचलन छ । सबैका आफ्नै विशेषता र महŒव छन् । अधिकांश नेपालीले मनाउने पर्वमा तीज, दशैँ, तिहार, माघी र छठ पर्दछन् । महिला दिदीबहिनीले मनाउने तीज पर्व सकिएको छ । गाउँघरको तुलनामा सहरबजारमा यसको प्रभाव पछिल्ला वर्षमा निकै देखिन थालेको छ । हाम्रा सांस्कृतिक परम्परा र रीतिरिवाजभन्दा तडकभडकमै बढी केन्द्रित हुन थालेको आभास हुन्छ । दिदीबहिनीका जमघट र नाचगान पार्टी प्यालेस र रेष्टुरेन्टमा बढ्न थालेबाट पनि यस किसिमको अनुभव गर्न सकिन्छ । सद्भावपूर्ण रूपमा मनाइने पर्वलाई देखासिकी र होडबाजीमा मान्ने मनाउने परम्पराले हाम्रो संस्कार, संस्कृतिको संरक्षण हुन सक्दैन । चाडपर्वका नाउँमा सक्नेले मनपरी खर्च गर्ने, नसक्नेले हेरेर बस्नुपर्ने अवस्था छ । यसरी देखासिकीबाट हुने तडकभडक र खर्चको प्रभाव सहरी क्षेत्रमा बढी छ । भावना र सद्भावमा मान्ने पर्व देखासिकीमा मनाउनुको अर्थ खासै रहन्न ।
चाडपर्व रीतिरिवाज अनुरूप सहज र सरल ढङ्गबाट सबैले मान्ने मनाउने अवस्था हुनुपर्छ । यतिबेला अधिकांश नेपालीले मान्ने दशैँ सुरु हुँदैछ । विशेषगरी देवीको उपासना गरेर मनाइने यस पर्वको धार्मिक–सांस्कृतिक महŒव छ । लामो समयसम्म मनाइने यस पर्वले साना बालकदेखि वृद्ध वृद्धासम्म खुशी हुन्छन् । मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने यसको अर्को महŒवपूर्ण विशेषता हो । काम विशेषले वर्षभरि आफ्नो घर फर्किन नपाएकाहरू यही समय कुरेर बसेका हुन्छन् । कतिपयका लागि यी पर्व भेटघाटका माध्यम बन्छन् । यो पटक पनि देश विदेशमा रहेका नेपाली आफ्नो गाउँघर फर्किने तयारीमा जुटेका होलान् । खुशी मनाउन आफ्ना थातथलो फर्किन लागेकाहरूले सहजरूपमा गन्तव्यमा पुग्ने वातावरण बनोस् भन्ने अपेक्षा हुन्छ । हरेक वर्ष यी विषय चुनौतीका रूपमा खडा हुने गर्छन् । पर्वमा सर्वसाधारणले अनेकौं किसिमका समस्या झेल्नु पर्छ । आमउपभोक्ताले यस्तोबेला सहज र सरलरूपमा उपभोग्य बस्तु पाउन सकियोस् भन्ने अपेक्षा राख्नु अन्यथा होइन । हरेक पर्वमा यी अपेक्षा केवल अपेक्षामा सीमित हुने गर्दछन् । यसमा सरोकारवाला निकायको ध्यान गएको पाइदैन । केवल औपचारिकता पूरा गराउनमा सरोकारवाला निकायको ध्यान पुगेको देखिन्छ । उदाहरणका रूपमा सरकारी निकायबाट सञ्चालन गरिएका सुपथ मूल्यको पसललाई लिन सकिन्छ । सर्वसाधारणका लागि भनेर खोलिएका यस्ता पसल पायक पर्ने ठाउँमा नभएका कारण यी पसल सुनसान अवस्थामा देखिन्छन् । बजारमाभन्दा मूल्यमा खासै फरक नभएका कारण उपभोक्ता आकर्षित भएनन् भन्ने पनि छ । पायक पनि नपर्ने र सस्तो पनि नहुने हो भने केका लागि उपभोक्ता लाम लाग्न जाने ? वास्तवमा यस्ता पसल चाडपर्वका बेला मात्र होइन, न्यून आय भएका वर्ग र समुदायलाई लक्षित गरेर आवश्यकताअनुसार सञ्चालन भइरहने वातावरण मिलाउनुपर्छ । यस्ता पसलप्रति जनविश्वास बढाउन सक्नुपर्दछ । अर्कोतर्फ चाडबाडको मौका छोपी व्यापारीबाट हुने महँगी, कालाबजारी, कृत्रिम अभाव, गुणस्तरहीन र मिसावटयुक्त सामग्रीको विक्री वितरण व्यापक हुने गर्दछ । अझ म्याद गुज्रेका र गुणस्तर नभएका खाद्यसामग्री पहाडी तथा दुर्गम क्षेत्रमा बाह्रै महिनाजसो गइरहेका हुन्छन् । यसको अनुगमन र नियन्त्रण गर्ने दायित्व कसको ? यसका लागि चाडपर्व नै कुर्नुपर्छ र ? यस्ता विषयमा राज्यको संयन्त्रले जुनसुकै बेला अनुगमन नियन्त्रण गर्न सक्छ । चाडपर्वमा व्यापारीबाट सर्वसाधारण ठगिने गरेका गुनासा सधैँ आउँछन् तर उचित सुनुवाइ भएको पाइँदैन ।
पर्वका नाममा हुनेगरेका फजुल खर्च अर्को चिन्ताको विषय हो । यसलाई रोक्न समाजका अगुवाहरूको सक्रियता जरुरी छ । यतिबेला आधुनिकताको नाउँमा यस्ता पर्वको महŒव र विशेषता कमजोर हुँदै जानथालेका छन् । मनोरञ्जनका नाउँमा देखासिकी र आडम्बरी ढङ्गबाट यस्ता पर्व मनाउने चलनले हाम्रा धेरै चाडबाड खर्चिला र महँगा भइरहेका छन् । यसले सामाजिक वितृष्णा बढाइरहेको छ । समाजका सचेत वर्ग वा अगुवाको ध्यान पुगेन भने यसले थप वितृष्णा पैदा गराउन सक्छ । सबैले आफ्नो गच्छे र रीतिरिवाजअनुसार यस्ता पर्व सहज र सरल तवरले मान्ने र मनाउने अवस्था हुनुपर्छ । यो अवस्थाले नै यस्ता पर्वको महŒव बढेर जान्छ । यसैले हाम्रा चाडपर्व र सांस्कृतिक परम्पराको जगेर्नामा सहयोग पु¥याउँछ । वास्तवमा यस्ता भड्किला र महँगा पर्वले समाजमा अनियमितता र भ्रष्टाचारलाई मलजल गराइरहेको छ । सामान्य व्यापार व्यवसाय र जागिर खाने घर परिवारमा जथाभावी र असीमित खर्च गर्ने हैसियत र औकात पनि रहँदैन । जसको अदृश्य आम्दानी र कमाइ हुन्छ, उसैले अस्वाभाविक र असीमित खर्च गरिरहेको हुन्छ । वास्तवमा यही वर्ग र समुदायका कारण हाम्रा चाडपर्व भड्किला बन्दै गएका छन् । कतिपय अनैतिक र अनियमित तवरले सम्पत्ति आर्जन गर्नेका लागि खर्च गर्ने अवसर पर्व हुनेगरेका छन् । उसले यस किसिमको खर्च गर्ने हैसियत कसरी बनायो भनेर खोजीनीति गर्ने काममा समाजका सचेत वर्ग लाग्नुपर्छ । यसो गर्दा अनियमित आर्जन गरेको सम्पत्ति फजुल खर्चलाई सजग गराउँछ । यस्ता विषयमा सचेत हुन नसक्दा अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेर जान थालेको छ ।
हाम्रो समाज आर्थिक रूपमा तीन वर्गमा विभाजित छ । उच्च, मध्यम र निम्न । उच्चवर्गका लागि हरेक पर्व विलासिता मनोरञ्जनका विषय हुनेगरेका छन् । यो वर्गलाई खर्च गर्ने अवसर मात्र चाहिएको छ । मध्यमवर्गीय समाज आफ्नो औकातअनुसार यस्ता पर्व जसोतसो मनाउँछन् । समाजको निम्न र निम्छरो वर्गलाई यस्ता पर्व सधैँभरि चिन्ताको विषय बन्छ । यस्ता पर्वमा हुनेखाने वर्गले गर्ने खर्च र तडकभडकका कारण हुँदाखाने वर्गका लागि अभिशाप हुनुका कारणमा कसरी खर्च गरौँ । यसैले निम्न आय भएका वर्ग र समुदायका लागि पर्वले निराश पार्ने गर्छ । चाडबाड मान्नका लागि ऋण लिनुपर्ने र मानेपछि ऋण तिर्न विदेशिनुपर्ने अवस्थामा रहेको समाजलाई हालसम्म राज्यको कुनै पनि नीति कार्यक्रमले छुनसकेको पाइँदैन । अझ यस्ता पर्व उत्सवका समयमा हुनेगरेका प्रतिस्पर्धा र देखासिकीले समाज विकृति र विसङ्गतितर्फ धकेलिँदैछ । पछिल्ला समयमा हाम्रा कतिपय पर्व आपसी सद्भाव र एकताका साथ मनाउने परिपाटी र परम्परामा विचलन आउन थालेको छ । सबैले आफ्ना हैसियत र औकातअनुसार मान्ने र मनाउन सक्ने अवस्थाले नै यस्ता पर्वको टिकाउ र महŒव बढेर जान्छ । यसरी मनाइने पर्वबाट नै एकतापूर्ण समाज निर्माणमा सहयोग प्राप्त हुन्छ । यसले हाम्रो रीतिरिवाज र सांस्कृतिक परम्परालाई उँचो तुल्याउनमा थप सहयोग पु¥याइरहेको हुन्छ ।

(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?