सर्वसाधारणका लागि कहिले खुल्लान् रत्नमन्दिर र हिमागृह
रासस
फाल्गुन ११, २०७७ मंगलवार
फेवातालको किनारैमा छ, पोखराको राजदरबार । यसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ मा बनाउन शुरू गरिएको रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।
राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी दुई दरबार लेकसाइडमा घुम्ने धेरैले नदेखेको हुनुपर्छ । किनकी, फेवातालको बाराहीघाट गएका जो कोहीले पनि नेपाली...