logo
२०८० चैत्र १५ बिहीवार



विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा सेल फाेन चलाउन राेक

राष्ट्रिय |


विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा सेल फाेन चलाउन राेक



काठमाडौँ, माघ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ ।
अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ ।
विभागले सूचना नै जारी गरी ‘डेस्क ड्युटी हावर’ अवधिसम्म निजी मोवाइल नचलाउन निर्देशन दिएको हो । महानिर्देशक भट्टराईले भन्नुभयो–सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोवाइल बोकिराख्नु पर्ने अवस्था हुदैन ।
आवश्यक परेमा ‘ल्याण्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । बरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डिअ) लाई ब्यक्तिगत मोवाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ ।
अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको आरोप लाग्दै आएको छ । यसरी गएकाहरु अलपत्र पर्ने र दुख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ ।
विशेष गरी खाडी र युरोप लगायतका मुलुकहरुमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्वन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा ‘भिजिट भिसा’ मा कस्तो ब्यक्तिलाई विदेश जान दिने र नदिने निक्र्यौल हुने अपेक्षा गरिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?