logo
२०८० चैत्र १५ बिहीवार



कङ्गोमा विद्रोहीसँगको भिडन्त हुँदा ३३ सैनिक मारिए

अन्तर्राष्ट्रिय |


कङ्गोमा विद्रोहीसँगको भिडन्त हुँदा ३३ सैनिक मारिए
प्रतिनिधि तस्बिर


रासस/सिन्ह्वा । कङ्गोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।

यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कङ्गोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मङ्गलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कङ्गोको सेनाको स्रोतले जानकारी दिएको छ ।

यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहका बीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।

यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोही घाइते भएका छन् । कङ्गोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?