logo
२०८० चैत्र १५ बिहीवार



'द फेम गेम' को रिलिज मिति घोषणा

मनोरञ्जन |


'द फेम गेम' को रिलिज मिति घोषणा


काठमाडौं, माघ १३ गते । भारतीय अभिनेत्री माधुरी दीक्षितको वेब सिरिज 'द फेम गेम' को रिलिज मिति घोषणा गरिएको छ । माधुरीले नै वेब सिरिजको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो ।

'द फेम गेम' सिरिज फेब्रुअरी २५ मा ओटिटि प्लेटफर्म नेटफ्लिक्समा प्रिमियर हुने बताइएको छ ।

करिश्मा कोहलीको निर्देशनमा बनेको यस सिरिजमा माधुरीसन्गै सञ्जय कपुर, मानव कौल, लक्षवीर सरन, सुहासिनी मुकके, मुस्कान जाफरी जस्ता कलाकार पनि देखिनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?