logo
२०८१ बैशाख ७ शुक्रवार



कुलो बनेपछि कृषकलाई सिँचाइमा सहज

खुला |
प्रदेश |


कुलो बनेपछि कृषकलाई सिँचाइमा सहज


शेरबहादुर सार्की
बाजुरा, माघ १३ गते । जिल्लाको बडिमालिका नगरपालिका ६ कोर्दमा कुलो निर्माण भएपछि याहाँका स्थानीयवासीलाई सिँचाइमा सहज भएको छ । नगरपालिकाको आर्थिक सहयोगबाट चाल्ने खोलादेखि बुडा कोर्दसम्मको करिब ३ सय ५ मिटर लामो सिँचाइ कुलोे निर्माण भएपछि त्यहाँका स्थानीयवासी खुसी भएका छन् ।

हिउँदे बालीमा राम्रो उत्पादन नहुने र पानी अभावका कारण बर्खामा पनि समयमै खेती लगाउन नसक्ने समस्या भोग्दैआएका कोर्द गाउँबासीका लागि अहिले चाल्ने खोला सिँचाइ कुलो निर्माण भएपछि सबै प्रकारको खेतीका लागि सिँचाइ गर्न सहज भएको स्थानीय कन्धरी पडुवालले बताउनुभयो ।

गाउँमा भएको बाँझो जमिनको सदुपयोग गर्दै उत्पादत्व वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकारले यतिबेला कृषि क्षेत्रलाई प्राथमिकता राखेको बडिमालिका नगरपालिका ६ का वडा सदस्य जङ्गबहादुर साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिँचाइको व्यवस्था भएलत्तै यहाँका किसानहरुले अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने योजना बनाउन थालेका छन् ।” बडिमालिका नगरपालिको ४० लाख रकमबाट निर्माणबाट गरिएको सिँचाइ कुलोबाट कोर्दका ४ सय ३८ भन्दा बढी घरपरिवार लाभान्वित भएको चाल्ने खोला–बुडा कोर्द डोगडी सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर दानीले बताउनुभयो ।

कुलो बनेपछि समयमै आलु सिँचाइ गर्न पाइने आशाका साथ यहाँका किसानले धमाधम आलुखेती लगाउन थालेको अध्यक्ष दानीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?