logo
२०८० चैत्र १५ बिहीवार



पुरानो झुत्रा कपडाबाट डसना, दैनिक हजारभन्दा बढी आम्दानी

खुला |
प्रदेश |


पुरानो झुत्रा कपडाबाट डसना, दैनिक हजारभन्दा बढी आम्दानी


जानु पाण्डे
कपिलवस्तु माघ १३ गते । रौतहट गुजरा नगरपालिका ८ जयराजपुरका सालिम मोहम्मद पछिल्लो ३ महिनादेखि घरबाट निस्किएका छन् । ट्याक्टरमा पुराना काम नलाग्ने कपडा पेलेर कपास बनाउने मेशिन लिएर उहाँ बस्ती बस्ती पुग्ने गर्नुहुन्छ । कात्तिक महिनाबाट काम सुरु गर्दै उहाँ ११ जिल्ला पुग्नुभएको छ । टोल टोलमा पुगेर सिरक, डसना तथा सिरानी बनाउँदा दैनिक हजार बढी रुपियाँ आम्दानी पनि गर्नुभएको छ ।

‘काम धेरै पाउँदा १४ हजारसम्म आम्दानी भएको छ । काम कम हुने दिन ८ हजारसम्म आम्दानी हुन्छ’ मोहम्मदले भन्नुभयो, “धान रोपाइँको काम सकेपछि हामी मेसिन लिएर निस्किएका थियौं । यस पटक ३ वटा ट्याक्टरमा मेसिन लिएर टोल टोल पुगेका छौँ ।” सिरक डसना बनाउन १५ जना कामदार खटिएको उहाँले बताउनुभयो । कपडा फिटेर कपास निकाल्दा प्रतिकिलो ३० रुपियाँ लिनेगरेका छन् ।

फालेर नष्ट गर्नुपर्ने पुराना तथा काम नलाग्ने भुल्ला कपडा पेलेर नयाँ डसना सिरानी सिरक बनाउँदा सस्तो पर्न आएको बुद्धभूमि २ गोरुसिङ्गेका माया शाक्यले बताउनुभयो । यता कपास बनाउने मेसिन चलाउने र सिरक, डसना बनाउने कामदारले दैनिक ८ सय रुपियाँ ज्याला पाउनेगरेका छन् । बस्ती बस्ती पुगेर काम गर्दा कामको अभाव नहुने बताइएको छ । उहाँहरु छ महिना काम गरेपछि खेतीपाती सम्हाल्न घर फर्किने गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?