logo
२०८० चैत्र १५ बिहीवार



माघ २७ गते माओवादी केन्द्रीय समितिको बैठक

स्थायी समिति र पदाधिकारी टुग्यांइने

राजनीति |


माघ २७ गते माओवादी केन्द्रीय समितिको बैठक
फाइल तस्बिर


काठमाडौं, माघ ९ गते । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक माघ २७ गते बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार कोभिड–१९ महामारीका कारण माघ ८ गते तय भएको बैठक सरेको हो । महामारी मत्थर भएपछि मात्र बैठक बस्नेगरी माघ २७ गतेका लागि बोलाइएको उहाँको भनाइ छ।

‘पार्टीको विधान अनुरुप केन्द्रीय समितिले स्थायी कमिटी, पदाधिकारी बनाउने हो । महाधिवेशन सकिए पनि पदाधिकारी टुंगिएको छैन’, ढकालले भन्नुभयो, ‘केन्द्रीय समितिले यो टुंग्याउछ ।’

माओवादी बैठकले सकेसम्म सहमति नभए निर्वाचनमार्फत पदाधिकारी टुंग्याइने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?