logo
२०८१ बैशाख १२ बुधवार



खाल्डोमा परेर गैडाको मृत्यु

खुला |
प्रदेश |


खाल्डोमा परेर गैडाको मृत्यु


शालिग्राम नेपाल
चितवन, माघ ९ गते । निर्माण भएको ढलको खाल्डो नपुर्दा त्यहा खसेर एक पोथी गैडा मरेको छ । भरतपुरको गोन्द्राङमा ६ लेनको सडक निर्माण भैरहेको र त्यहाँ ढलको पर्खाल लगाएको थियो । पर्खाल ठडिसक्दा छेउमा खनेको खाल्डो नपुरेपछी खाल्डोमा गैडा परेर मरेको हो ।

गएराती खाल्डोमा परेको गैडालार्इ निकाल्ने प्रयास भैरहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश्प्रसाद तिवारीले जानकारी दिनुभयो । मरेको गैडा पोथी रहेको र थप अनुसन्धान भैरहेको सुचना अधिकरी तिवारीले बताउनुभयो ।

स्थनियले भने ढलको पर्खाल निर्माण भैसक्दा पनि खाल्डो नपुरेका कारण दुर्घटनाको जोखिम कायम रहेको बताउनुभएको छ । साना बालबालिका पनि खाल्डोमा पर्ने गरेकाले निर्माण भैसकेको स्थानमा खाल्डो पुर्नुपर्नेमा स्थानीयको आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?