logo
२०८० चैत्र १६ शुक्रवार



खराब मौसमका कारण प्रभावित भएको आन्तरिक उडान सुचारु

खुला |
पर्यटन |


खराब मौसमका कारण प्रभावित भएको आन्तरिक उडान सुचारु


काठमाडौं, माघ ८ गते । खराब मौसमका कारण शनिबार बिहान प्रभावित भएको आन्तरिक उडान सुचारु भएको छ । आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद सुवालले बिहान केहीबेर आन्तरिक उडान प्रभावित भएको बताउनुभयो । तर, अहिले लुक्ला र पोखरा बाहेक सबै ठाउँमा उडान भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुक्लाको उडान रद्द भइसक्यो भने पोखरा पनि उडान हुन सकेको छैन । मौसम सुधार भएसँगै पोखरा उडान हुने उहाँले बताउनुभयो ।
खराब मौसमले भिजिबिलिटी कम हुँदा शनिबार आन्तरिक उडान प्रभावित भएको थियो । नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपात हुने समस्या थपिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?