logo
२०८० चैत्र १६ शुक्रवार



नेपालगञ्जको तापक्रम यो वर्षकै कम

खुला |


नेपालगञ्जको तापक्रम यो वर्षकै कम
चिसो बढेपछि आगो ताप्दै स्थानीय । तस्बिर : सिराज खान


सिराज खान
नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६.८ डिग्री मापन भएको छ ।

बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।

नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०.३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?