logo
२०८१ बैशाख ८ शनिवार



दशौं सन्तानका रुपमा छोरी जन्मिएसँगै प्राणत्याग

खुला |


दशौं सन्तानका रुपमा छोरी जन्मिएसँगै प्राणत्याग


राजन रावत
हुम्ला, माघ ५ गते । मंगलबार बिहान आफ्नो दशौं सन्तानका रुपमा छोरी जन्माएपछि एक जना महिलाले प्राणत्याग गर्नुभएको छ । छोरा जन्मिन्छ भन्ने आशामा रहनुभएकी छत्यालले नयाँ जन्मेकी छोरीको अनुहार हेरेको पाँच मिनेटमा प्राणत्याग गर्नुभएको हो ।

अदानचुली गाउँपालिका–५ का नैन छत्यालले कर्गैई गाउँकी ३३ वर्षकी गौगोरा छत्यालले आफ्नो दशौं सन्तानका रुपमा छोरी जन्मिएको देख्ने बित्तिक्कै प्राणत्याग गरेको बताउनुभयो । उहाँले जन्मिएको नयाँ बच्चा छोरी भएको थाहा पाउने बित्तिक्कै सह्यार्न सुत्केरी भएको स्थानमा बसेकी महिलालाई एकातिर आग्रह गर्नुभएको थियो भने त्यसलगत्तै बेहोस हुनुभएको बताउनुभयो ।

उहाँले पछि हेर्दा निजको मृत्यु भएको बताउनुभयो । यसअघि उहाँले नौ वटा छोरीलाई जन्म दिई सक्नुभएको थियो । सबैलाई अचम्म पार्दै उहाँको मृत्यु भएको बताउँदै उहाँले एकछिन अगाडि बोल्दै गरेकी मान्छे एकछिन पनि श्वास न बाँस देखिएको बताउनुभयो । परिवारका सदस्यमा मात्र होइन उहाँ आफैमा पनि छोरा जन्मेको हेर्ने इच्छा थियो ।

यसअघि कुनै बिरामी नभएकी छत्यालले छोरा नजन्माएको भनेर मानसिक तनाव खेप्दै आउनुभएको थियो । जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार उहाँको निधन हृदयघातको कारण हुनसक्ने देखिन्छ ।

उहाँले छोरा जन्मने आशा भएकै बेला छाेरी जन्मिएको देखिए पनि सुत्केरीलाई मनमा तनाव उत्पन्न भएको र त्यो नै मृत्युको कारण हुनसक्ने बताउनुभयो । उहाँले मुख्यगरी मानसिक तनाव नै मृत्युको कारण हुनसक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?