logo
२०८० चैत्र १६ शुक्रवार



सर्लाहीमा बस दुर्घटना, १६ जना घाइते

खुला |
समाज |


सर्लाहीमा बस दुर्घटना, १६ जना घाइते
दुर्घटनामा क्षति पुगेकाे बस ।


जनार्जन खत्री
सर्लाही, माघ ४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा मङ्गलबार दिउँसो यात्रु बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस दिउँसो मङ्गलबार सवा २ बजेतिर अनियन्त्रित भएर पल्टिएको हो । पोखरबाट काकडभिट्टा चल्ने अग्नि बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये १५ जनाको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । घाइतेको अवस्था सामान्य रहेको हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । गम्भीर घाइते महोत्तरीको बर्दिवास नगरपालिका–२, की ३६ वर्षीया विमला सेन्चुरीलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार छन् ।

* यस अघि समाचारको शीर्षकमा घाइते हुनुपर्नेमा अन्यथा परेकोले सच्याइएको छ । –सम्पादक

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?