logo
२०८१ बैशाख १२ बुधवार



पूर्व–पश्चिम राजमार्ग भत्किँदा स्थानीयलाई धूलोको सास्ती

खुला |
प्रदेश |


पूर्व–पश्चिम राजमार्ग भत्किँदा स्थानीयलाई धूलोको सास्ती


जनार्जन खत्री
सर्लाही, पुस ३० गते । सर्लाहीको विभिन्न स्थानमा पूर्व–पश्चिम राजमार्ग भत्किएर अत्यधिक धूलो उड्दा यात्रु र सडक आसपासका स्थानीय वासिन्दालाई सास्ती भएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको नवलपुर बजार क्षेत्रको सडक सबैभन्दा धेरै खराब भएको छ । केही समयअघि कालोपत्रे गर्न सडक भत्काएर अलपत्र अवस्थामा छाडेका कारण अत्यधिक धूलो उड्ने गरेको नवलपुर बजारका व्यवसायी देब प्रसाईले जानकारी दिनुभयो ।

चौबिसैं घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्ग भत्केर अत्यन्तै खराब हुँदा समेत सम्वन्धित निकायले वास्ता नगरेको प्रसाइले गुनासो गर्नुभयो । सवारी साधन दौडिँदा नवलपुरको मुख्य बजार क्षेत्र धूलोले छपक्कै ढाक्ने गरेको स्थानीयको भनाई छ ।

जिल्लाको लालबन्दी, हरिवन, नयाँरोडलगायतका स्थानमा पनि पूर्व–पश्चिम राजमार्ग फेरि खराब भएको छ । दशैँ, तिहारताका राजमार्गका खाल्डाखुल्डी पुर्ने काम भएपनि फेरि उस्तै भएको छ । सामान्य ढङ्गले मर्मत गरिएका राजमार्गमा दर्जनौँ खाल्डाखुल्डी परिसकेका छन् । जिर्ण अवस्थामा रहेको जिल्लाको लखन्देही र चापिनी खोलाको पुलमा समेत दिनहुँ सवारी साधनको जाम लाग्ने गरेको स्थानीयको भनाई छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगाप्रसादले नवलपुर, नयाँरोड लगायत सर्लाही खण्डमा भत्किएको पूर्व–पश्चिम राजमार्ग केही दिनभित्रै मर्मत हुने दाबी गर्नुभयो । घाम लागेर कालोपत्रे गर्न मिल्ने तापक्रम हुनासाथ खाल्डाखुल्डी पुर्ने कामहरु सुरु गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?