logo
२०८१ बैशाख ७ शुक्रवार



पाँचसय पचास जना ज्येष्ठ नागरिकलाई केटली वितरण

खुला |
समाज |


पाँचसय पचास जना ज्येष्ठ नागरिकलाई केटली वितरण


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २८ गते । चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले ५५० जना ज्येष्ठ नागरिकलाई इलेक्ट्रिक केटली वितरण गरेको छ । आज वडाको कार्यालयमा ज्येष्ठ नागरिकलाई सो केटली वितरण गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

चिसो अत्यधिक बढेसँगै ज्येष्ठ नागरिकलाई तातो पानी खान सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ज्येष्ठ नागरिक कोषबाट खर्च गरेर सो केटल वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघि पोहोरसाल साढे तीनसय जना ज्येष्ठ नागरिकलाई न्यानो हुने ज्याकेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा नं. १२ अन्तर्गत बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको माग र सुझावअनुसार करिब ३ लाख १६ हजार २५० रुपियाँ बरावरको केटल वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । केटली प्राप्त गरेपछि ज्येष्ठनागरिकहरु सन्तुष्ट देखिनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । केटली वितरण कार्यक्रममा नगरपालिकाका प्रतिनिधि रम्शिला श्रेष्ठ, वडा सदस्यहरु तथा ज्येष्ठ नागरिकहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?