logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


इस्लामाबाद, पुस २५ गते । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

घटना इस्लामाबादको भगिनी शहर रावलपिन्डीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिन्डी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ् नजिकै पार्क गरिएको गाडीमा ठोक्किँदा भएको जनाइएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ । मृतकहरू रावलपिन्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?