logo
२०८१ बैशाख १२ बुधवार

हिउँमा फसेका एडीबी टोलीको उद्धार (भिडियोसहित)

खुला |
प्रदेश |
फिचर |
फोटो फिचर |


2021-12-30-54198
तस्बिर साैजन्य : साेनामा लामा



चित्र मिजार/ विष्णु पाण्डेय
सिन्धुपाल्चोक, पुस १५ गते । हेलम्बु क्षेत्रको हिमाली क्षेत्रमा बुधबारदेखि हिमपातमा फसेको एडीबीका विज्ञ टोलीलाई सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले आज बिहान उक्त टोलीलाई श्री एयरलाइन्स मार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विज्ञटोलीको पाँच जनालाई उद्धार गरी राजधानी लगिएको छ । बाँकी १० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको पनि प्रजिअ खनालले बताउनुभयो ।
उक्त टोली गत असार १ गते गएको भेमाथाङ पहिरो अध्ययनका लागि मेलम्चीबाट तीन हजार ६ सय मिटर माथि पुगेको थियो । उहाँहरु बस्दै आएको टेण्टमा हिउँ बाग्लिँदै गएपछि उहाँहरु २४ घण्टा हिमपात भएकै स्थानमा बस्न बाध्य हुनुभयो । उहाँहरु ओढारमा बस्न बाध्य हुनुभएको थियो । उक्त स्थानमा सात फिट बाक्लो हिउँ परेको थियो ।

एडिबी टोली प्रमुख हरि घिमिरेले भन्नुभयो । ‘पाँच जनालाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्यायौँ ,अहिले उहाँहरु बेड रेस्टमा हुनुहुन्छ । हिउँले खुट्टा खाएको छ । अरु स्वास्थ्यमा समस्या छैन ।' स्थानीय पथप्रदर्शक पाँज र एडीबीको विशेषज्ञ नेपाली टोली १० जना गरी १५ जनाको टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । विशेषज्ञ टोलीका पाँच जना भने अहिले सोलुखुम्बुबाट गाडीमा काठमाडौ आउँदै गरेको घिमिरेले बताउनुभयो । अन्य पाँच जना भने स्थानीय भएकाले उनीहरु घर फर्केका छन् ।