logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका मध्ये १३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका मध्ये १३ जनाको मृत्यु


काठमाडौं,मङ्सिर २२ गते । भारतको तमिलनाडुको कुन्नूरमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका मध्ये १३ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टरमा सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावत आफ्ना कर्मचारी र पत्नीसहित सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
हेलिकोप्टरमा सेनाका अन्य उच्च अधिकारी सहित १४ जना सवार रहेको भारतीय सञ्चार माध्यम “आजतक”ले उल्लेख गरेको छ भएको उल्लेख गरिएको छ । भारतीय समयअनुसार दिउँसो १२ स् २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?