logo
२०८१ बैशाख १२ बुधवार



होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

खुला |


होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा


भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर २२ गते । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्न निर्माण सुरु गरिएको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ ।
‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा सो ‘होल्डिङ सेन्टर’को निर्माण भइरहेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाले नेपाल–भारत सीमाको विभिन्न आठवटा ठाउँमा निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्रमध्ये सातवटाको काम समापनको चरणमा पुगेको बताउँदै यसै महिनाको अन्तिमदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसै महिनाको मसान्तदेखि सातवटै केन्द्रमा कम्तीमा एक श-या सञ्चालनमा ल्याइनेछ । ’’ मन्त्रिपरिषद्को निर्णयबमोजिम सो ‘होल्डिङ सेन्टर’को निर्माण नेपाली सेनाले गरिरहेका छन् । केन्द्रहरू निर्माणका लागि सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासा भएको थियो । तर गत आर्थिक वर्षमा काम हुन नसक्दा सेनाले सो रकम फिर्ता गरेको थियो । सैनिक प्रवक्ता पौड्यालले स्पष्टका अनुसार अहिले करिब दुई अर्ब रुपियाँको लागतमा ती सेन्टरहरू निर्माण भइरहेका छन् ।

प्रवक्ता पौड्यालले भन्नुभयो, ‘‘नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो । ’’ रुपन्देहीको बेलहियामा भने अहिलेसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार, कोभिड–१९ का सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्नेगरी यो बहुउद्देश्यीय भवनको निर्माण भइरहेको छ । यसमा होल्डिङ सेन्टर, आइसोलेसन केन्द्र, अक्सिन थेरापीसहितको अस्पतालको रूपमा समेत उपयोग गर्न सकिने गरी यस भवनको डिजाइन गरिएको छ । ’’ यी भवनको निर्माण कार्य सम्पन्न भइसकेपछि कुन रूपमा यसलाई सञ्चालन गरिने, सैनिक स्वास्थ्य जनशक्ति कति राख्नेलगायतका विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरी निष्कर्षमा पुग्निेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?