logo
२०८० चैत्र १५ बिहीवार



जन्ती बाेकेको बस दुर्घटना हुँदा एकको मृत्यु, आठ गम्भीरसहित ३९ घाइते 

खुला |
प्रदेश |
समाज |


जन्ती बाेकेको बस दुर्घटना हुँदा एकको मृत्यु, आठ गम्भीरसहित ३९ घाइते 



मनीषा केसी
रुकुम (पश्चिम), मङ्सिर २१ गते । मुसीकोट नगरपालिका–२ रातामाटामा जन्ती बोकेको बस दुर्घटना एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३९ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मुसीकोट नगरपालिका– १ घिमानेका ६५ वर्षीय बुदिराम खड्काको मृत्यु भएको हो । खड्काको थप उपचारको लागि नेपालगन्ज लग्दै गर्दा बाटोमा मृत्यु भएको पारिवारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरि निरीक्षक डेकेन्द्र शर्माले दुर्घटनामा गम्भीर घाईते भएका मध्ये पाँच जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको निधन भैसकेको र अन्य ४ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको जानकारी दिनुभयो । घाइतेमध्ये २१ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको र सामान्य घाइते १५ जना डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । बाँफीकोट गाउँपालिका– २ पीपलबाट जन्ती लिएर सदरमुकाम फर्किरहेको ग १ ख २१०१ नम्बरको बस मुसीकोट नगरपालिकाको वडा नम्बर २ बरैलीबजारमा दुर्घटना भएको थियोे ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मुसीकोट नगरपालिका– १ का ४८ वर्षीया सुशील थापा, सोही क्षेत्रका ४१ वर्षीय मानबहादुर ओली, मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष ५८ वर्षीय वीरवल केसी, २१ वर्षीय नवराज खड्का, २५ वर्षीया विमला खत्री, २३ वर्षीय प्रेम केसी, ४८ वर्षीय चोपबहादुर खत्री र ४८ वर्षीय टेकबहादुर बस्नेत छन् ।

बस चालक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ शङ्खमूलका दोजबहादुर भण्डारी फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । बस सडकभन्दा करिब एकसय मिटर तल खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?