logo
२०८० चैत्र १६ शुक्रवार



आधुनिक शैलीमा स्थानीय तहका भवन निर्माण

खुला |
प्रदेश |


आधुनिक शैलीमा स्थानीय तहका भवन निर्माण
आधुनिक प्यागोडा शैलाीमा निर्माण भएको इन्द्रावती गाउँपालिकाको भवन



चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २१ गते । स्थानीय तहमा जनप्रतिनिधि चुनिएको पाँच वर्ष बित्न लाग्दै गर्दा सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तहका आफ्नै आधुनिक शैलीमा भवन निर्माण भएका छन् । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा अधिकांश पालिकाले प्रशासनिक भवन निर्माण गरेका छन् ।

लिसंखुपाखर गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, चौतारा साँगचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिकाले आफ्नै आधुनिक भवन निर्माण गरिसकेका छन् । सबैभन्दा पहिले लिसंखुपाखर गाउँपालिकाले भवन निर्माण गरेको थियो भने त्यसपछि इन्द्रावती गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको थियो । इन्द्रावती गाउँपालिकाले पुरातात्विक प्यागोडा शैलीमा भवन निर्माण गरेर नागरिकलाई गुणस्तरीय, सहज र छिटो सेवा दिइरहेको उक्त गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो ।

अहिले चीनको तिब्बत सीमा जोडिएको भोटेकोशी गाउँपालिका, बलेफी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, हेलम्बु गाउँपालिका पालिकाको स्थायी केन्द्र निश्च्यित गरेर आधुनिक प्रकारका आफ्नै भवन बनाइरहेका छन् । यो वर्ष भित्र निर्माणाधीण भवन सम्पन्न हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । तर सुनकोशी गाउँपालिकाले पाँच वर्ष बित्नै लाग्दा समेत पालिकाको स्थायी केन्द्र तोक्न नसकेर भवन निर्माण गर्न सकेको छैन । अबको केही समयभित्र नै स्थायी केन्द्र तोक्न जनप्रतिनिधिबीच सहमति हुने र भवन निर्माणकाे काम तीव्र गतिमा बढ्ने सो गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी ‘विनोद’ ले बताउनुभयो ।

सबै पालिकाले १० करोडभन्दा बढी लागतमा भवन निर्माण गरेका छन् । बाह्रबिसे नगरपालिकाले सडक डिभिजन कार्यालयको जग्गामा भवन निर्माण गरेको छ । बलेफी गाउँपालिकाले स्थानीय जनताले दान गरेको जग्गामा भवन निर्माण गर्न थालेको छ । आफ्नै भवन निर्माण गर्न ढिलाइ गरेका स्थानीय तहले जनप्रतिनिधि चुनिएको एक वर्षमै कर्भड हल, भ्यू टावर, खेलकुद मैदान जस्ता कम प्राथमिकताका राखेर निर्माण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?