logo
२०८० चैत्र १६ शुक्रवार



आर्सनललाई एभर्टनको झट्का

फुटबल |
खेलकुद |


आर्सनललाई एभर्टनको झट्का


काठमाडौँ, मङ्सिर २१ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई एभर्टनको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा आर्सनल एभर्टनसँग २–१ गोलले पराजित भयो । घरेलु मैदानमा एभर्टनले पूनरागमन जित निकालेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले गोल गर्नुभयो । आर्सनलका मार्टिन ओडेगार्डको सुरुवाती गोल गोल सान्त्वना गोलमा परिणत भयो । प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली आर्सनलले पहिलो हाफको इन्जुरी समयमा खाता खोलेको थियो । मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको उत्साह जगाउनुभयो ।

दोस्रो हाफमा सादनार प्रदर्शन गरेको एभर्टनले ७९औँ मिनेटमा बराबरी गोल फर्कायो । रिचार्लीसनले रिवाउन्ड बलमा हेडगोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेमाराई ग्रेले आन्द्रे गोमेजको पासमा गोल गर्दै एभर्टनलाई रोचक जित दिलाउनुभयो ।

जितसँगै एभर्टन १२औँ स्थानमा उक्लिएको छ । एभर्टनले १५ खेलबाट १८ अंक बनाएको छ । २३ अंक बनाएको आर्सनल सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ३५ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ र तेस्रो स्थानमा आसिन चेल्सीको ३३ अंक छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?