logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकामा राष्ट्रपति पदका पूर्व उम्मेदवार बब डोलको निधन

अन्तर्राष्ट्रिय |


अमेरिकामा राष्ट्रपति पदका पूर्व उम्मेदवार बब डोलको निधन


वासिङटन, मङ्सिर २० गते । सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँँ फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । राष्ट्रपति जो बाइडेनले अमेरिकाका दुई प्रमुख राजनीतिक दलका तर्फबाट डोलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।उहाँले डोल ‘प्रिय मित्र’ र ‘आफूहरूको इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ’ रहेको बताउनुभएको छ ।

डोल लामो समयसम्म क्यानसस राज्यलाई प्रतिनिधित्व गर्ने सिनेटर हुनुहन्थ्यो । राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका गर्नुभएको थियो । उहाँ दोस्रो विश्वयुद्धमा सहभागी सैन्य अधिकारीसमेत रहनुभएको यसै क्रममा झन्डै उहाँले ज्यान गुमाउनुपरेको समाचारमा जनाइएको छ ।

डोलको निधनको खबर उनकी पत्नीको प्रतिष्ठानले सार्वजनिक गरेको थियो । जसमा उहाँले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गर्नुभएको उल्लेख गरिएको छ । सन् १९९६ को राष्ट्रपतीय निर्वाचनका प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति बिल क्लिन्टनले डोलको उदाहरणले “आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ“ भन्नुभएको छ ।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशले डोलले ‘अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गर्नुभएको प्रष्ट पार्नुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले डोललाई’ युद्ध नायक, राजनीतिक नेता र एक राजनेता“ को सङ्ज्ञा दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?