logo
२०८० चैत्र १६ शुक्रवार



यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण

अन्तर्राष्ट्रिय |


यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण
सांकेतिक तस्बिर


साना, मङ्सिर १९ गते । साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो । सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ । ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ ।

अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ । यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन् । शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो । कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?