logo
२०८० चैत्र १६ शुक्रवार



हात्तीको आक्रमणबाट दुई जना घाइते

खुला |
प्रदेश |


हात्तीको आक्रमणबाट दुई जना घाइते


जनार्जन खत्री
सर्लाही, मङ्सिर १९ गते । सर्लाहीको लालबन्दी नगरपालिका– १५, परवानीपुरस्थित चुरेभेगमा जङ्गली हात्तीको आक्रमणबाट आइताबार दुई जना गम्भीर घाइते हुनुभएको छ ।

परवानीपुरकै शिरकालिन्जोरमा विवाह भोज खाएर फर्किने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा लालबन्दी– १५, कै धर्मलाल थिङका छोरा २१ वर्षीय मिसेख थिङ र मोतीलाल भोलनका छोरा ३५ वर्षीय ज्ञानबहादुर भोलन गम्भीर घाइते हुनुभएको हो ।

कालिन्जोर खोलाको बाटो हुँदै प्रदेश नम्बर २–००३–०६ प ८९ नम्वरको मोटरसाइकलमा घर फर्किदै गर्दा उहाँहरुलाई आइतबार बिहान पौने ६ बजेतिर अचानक एउटा जङ्गली हात्तीले आक्रमण गरेको हो । घाइते दुवै जनालाई गढीमाई अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि न्यूरो अस्पताल वीरगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घटनास्थल परवानीपुर चौकबाट करिब ७ किलोमिटर उत्तर चुरेक्षेत्रमा पर्छ । अचानक जङ्गली हात्तीले दुई जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि स्थानीयहरु त्रसित भएका छन् । सर्लाहीमा तीन चार महिना लगातार तीनवटा जङ्गली हात्ती देखापरे पनि बीचमा केही सातादेखि हात्ती देखापरेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?