logo
२०८० चैत्र १५ बिहीवार



हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

खुला |
प्रदेश |


हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध


राजन राउत
हुम्ला, मङ्सिर १९ गते । सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा आइतबार राती २ वजेबाट अवरुद्ध भएको छ । सेवा अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राही लोक भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सेवाले काम गर्न छाडेको बताउनुभयो ।

टेलिकमको मोबाइल, एडिएसल, फोरजी र ल्याण्ड लाईन सेवा सबै १२ घण्टादेखि अबरुद्ध भएको बताउनुभयो । उहाँले सेवा अवरुद्ध भएसँगै सेवाग्राही मर्कामा परेको बताउनुभयो । नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको बताउनुभयो । खरावी पत्ता लगाउने काम भइरहेको उहाँको भनाइ छ ।

केन्द्रमा सम्पर्क गर्ने माध्यम नभएका कारण खरावी भएको स्थान पत्ता लगाउन नसकिएको उहाँले बताउनुभयो । शाखाकै कार्यालयमा हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालिकोट कताको उपकरणमा खरावी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ ।

सेवा अवरूद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रबाहमा समस्या आएको छ । त्यसैगरी बैक तथा बित्तिय संस्थामा पनि कारोवार गर्न समस्या भएको छ । टेलिकमको सेवा अवरुद्ध भएका बेला एनसेलको मोबाइल सेवा पनि राम्रोसँग काम नगरेको सेवाग्राहीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले इन्टरनेटका लागि सेवा प्रदान गर्दैआएको वल्र्डलिंक कम्युनिकेशनको सेवा पनि सुस्त गतिले काम गरेको कारण सेवाग्राही मर्कामा पर्नुभएको बताउनुभयो । उहाँले कार्यालयमा पनि आइतवार भएर पनि कुनै पनि अनलाइनबाट सम्पादन गर्ने कार्य गर्न नपाएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?