logo
२०८१ बैशाख १३ बिहीवार



चौध ग्राम ब्राउनसुगरसहित एक जना पक्राउ

खुला |
प्रदेश |


चौध ग्राम ब्राउनसुगरसहित एक जना पक्राउ


विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १८ गते । झापामा लागुऔषध कारोबारीहरु धमाधम पक्राउ परिरहँदा लागुऔषध कारोबार गर्नेहरुले नयाँ नयाँ उपाय लगाउन थालेका छन् । प्रहरीले झापामा लागुऔषध कारोबार नियन्त्रणका लागि भारतबाट लागुऔषध भित्र्याउन नदिन कडा निगरानी गर्दैआएको छ ।

दिनहुँजसो लागुऔषध कारोबारी पक्राउ परिरहेको अवस्थामा प्रहरीको आँखा छल्न कारोबारीहरुले शंका नहोस भनेर मलद्वारमा लुकाएर समेत लागु औषध ल्याउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिभिन्न खाद्यन्नमा लुकाएर, चुरोटको खोलमा हालेर ल्याउने गरेका लागुऔषध कारोबारीहरुले मलद्वारमा समेत लुकाएर लागुऔषध ल्याउन थालेपछि प्रहरी चकित छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मेचीनगर–४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगरलाई मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । पछिल्लो समयमा झापामा ब्राउन सुगरको कारोबारीहरु बढ्दै गएको प्रहरीले बताएको छ ।

शुक्रवार साँझ ५ बजे मेचीनगर– ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैगरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गरेको थियो ।

मोटरसाइकल चालक आलेमगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउनसुगर बरामद गरिएको पाठकले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि मोटरसाईकलसहित पक्राउ परेका आलेलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?