logo
२०८० चैत्र १५ बिहीवार



शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित

शिक्षा |
प्रदेश |


शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित


जानु पाण्डे
कपिलवस्तु मंसिर १३ गते । विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।

नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ अध्ययन गर्ने ३३ विद्यार्थी समस्यामा परेका हुन् । भर्ना विषयलाई लिएर व्यवस्थापन समितिमा विवाद बढेपछि तीन महिनादेखि विद्यार्थीले सास्ती खेप्नुपरेको स्थानीय अभिशेख यादवले बताउनुभयो ।

विद्यालय प्रशासनले भदौ १५ गते विज्ञापन प्रकाशन गरी सिभिल इन्जिनियरतर्फ १ जना उच्च मावि तह, १ जना माध्यामिक तह र १ जना निम्न माध्यमिक तह गरी तीन जना शिक्षक र १ जना ल्याव असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रक्रिया सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा विवाद भएपछि नियुक्ती प्रक्रिया सेलाएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद यादवले बताउनुभयो ।

यता विद्यार्थीले असोजदेखि भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेपनि मुख्य विषयको शिक्षक नहुँदा समस्या भएको बताउनुभयो । नयाँ पाठ्यक्रमअनुसार ९ विषय अध्ययन गर्नुपर्ने हुन्छ । तर ५ ओटा विषयको कक्षा सञ्चालन नहुँदा पढाइमा असर गरेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ती प्रक्रियामा जटिलता उत्पन्न गराएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?