logo
२०८० चैत्र १५ बिहीवार



विभिन्न जिल्लामा काँग्रेस जिल्ला सभापति विजयी

खुला |
प्रदेश |


विभिन्न जिल्लामा काँग्रेस जिल्ला सभापति विजयी



काठमाडौं, मङसिर १३ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट जिल्ला सभापतिमा निर्वाचित भएका छन् । नेपाली काँग्रेस तनहुँको सभापति पदमा जितप्रकाश आले विजयी हुनुभएको छ ।
सभापतिमा प्रत्यासी वैकुष्ठ न्यौपाने भन्दा १६८ मत बढी प्राप्त गरी आलेले विजयी हुनुभएको हो । एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो । आलेले ७८३ र न्यौपाने ८८३ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, नेपाली काँग्रेस धादिङ सभापतिमा रामनाथ अधिकारी ३६ मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी हुनुभएको हो । दुई हजार १५६ मत खसेकोमा एक हजार ८२ रामनाथ अधिकारी र एक हजार ४६ मत भीमप्रसाद ढुँगानाले प्राप्त गर्नुभएको हो । सभापतिका अधिकारी र ढुंगानाले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिनुभएको थियो ।
यता, सुनसरीमा सम्पन्न मतदानबाट जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनको सोमबार विहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा भण्डारीले एक हजार ४२२ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठले एक हजार ३०९ मत ल्याई पराजित हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?